• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका लागि अर्को आन्दोलन आवश्यक पर्नसक्छ- वर्षमान पुन

    460
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले माओवादीले देखेको आर्दश समाज अझै स्थापना हुन नसकेको बताएका छन् । माओवादी जनयुद्ध र त्यसपछिको जनआन्दोलनको बलमा अहिलेका उपलव्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता जस्ता उपलव्धी हाँसिल भएपनि ती पूर्ण नभएको उनले बताए ।

    देशलाई समय सापेक्ष रुपमा प्रगतिको बाटोमा, बैज्ञानिक समाजवादको बाटोमा अघि बढाउनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने बताए । माओवादीले संविधानमा लेख्न खोजेको तर तत्कालिन शक्ति सन्तुलनका कारण अन्य दलले नमानेकाले ती विषय संविधानमा छुटेको नेता पुनले बताए ।

    देशलाई आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक हिसावले बैज्ञानिक समाजवादको बाटोमा अघि बढाउँदा फेरी एक पटक प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने नेता पुनले बताए ।

    अखिल क्रान्तिकारीको पुर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिको छैठौ जिल्ला सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले हरेक नागरिकले योग्यता अनुसारको काम र काम अनुसारको माम पाउने बैज्ञानिक समाजवादको आधार तयार गर्न युवा विद्यार्थी जागरुक हुनु पर्नेमा जोड दिए ।

    ‘हरेकले योग्यता अनुसारको काम पाउने समाजवादी आधार तयार गर्नुछ। बैज्ञानिक समाजवाद, प्रतिस्पर्धा र जनताबाट निर्वाचित हुने कुरा गरिएको छ। यसलाई समय अनुसार परिमार्जन गर्दै जानु पर्दछ। हामीले संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निवाचन प्रणाली भनेका छौं । त्यसका लागि फेरि नयाँ आन्दोलन आवश्यक पर्न सक्छ। त्यसैले हामिले क्रान्किारी हुैंदै समाजमा सुधारका काम गर्नुछ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया