• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    बालबालिकालाई कोरोना खोप उपलब्ध गराउन सरकारले प्रयास गर्दैछ- प्रधानमन्त्री देउवा

    384
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् । कोभिडको पछिल्लो लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जोखिममा रहेको वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाको यो भनाइ सार्वजनिक भएको हो ।

    ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड(१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए । कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

    देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया