• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    तालिबानले नयां प्रधानमन्त्रीको ताजा तस्बिर सार्वजनिक गर्यो

    1.8K
    SHARES

    काठमाडौँ । तालिबानले सोमबार अफगानिस्तानको अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दको ताजा तस्बिर ट्विटरमा सार्वजनिक गरेको छ।तालिबानका प्रवक्ता मोहम्मद नईमले अखुन्दको नयाँ तस्बिर सार्वजनिक गरेका हुन्। यसअघि उनको जवानीको तस्बिर मात्र सार्वजनिक भएका थिए।

    अखुन्दको नयाँ तस्बिर सार्वजनिक गर्दै नईमले भनेका छन्,‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्द।’ सन् १९९९ मा अखुन्द अफगानिस्तानको विदेशमन्त्रीको रुपमा पाकिस्तान भ्रमणमा गएका थिए। उनले त्यसबेला तत्कालिन प्रधानमन्त्री नवाज सरिफसँग भेटघाट गरेका थिए।

     

    त्यस्तै पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता क’ब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो ।

    इस्लामावादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा बढी धेरै विमानका कर्मचारी रहेका जनाएका छन् । पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार बताइएको थियो ।

    पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको थियो । अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका छन । पिआइए बाहेक अरु देशका विमान कम्पनीले भने उडान शुरु गरेका छैनन् ।

    त्यस्तै ९/११ हमलाबारे एफबीआईको केही गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले उक्त हमलामा साउदी अरबको कुनै भूमिका नभएको दस्तावेजले पुष्टि गर्ने बताएको छ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले साउदी अरबले पहिल्यैदेखि ११ सेप्टेम्बरसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउँदै आएको थियो ।

    अस्ट्रियाका विदेशमन्त्रीसँग एक पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘हामी एक दशकभन्दा पनि बढी समयदेखि त्यो पीडादायी दिनसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न माग गरिरहेका छौं । हामी पूर्ण विश्वाससहित यो भन्छौं कि दस्तावेजको कुनै पनि डाटाले उक्त घटनामा साउदी अरबको कुनै पनि रुपमा संलग्नता भएको कुरा पुष्टि गर्दैन ।’

    ‘आ’तंकवाद अहिले पनि विश्वव्यापी सुरक्षाका लागि ख’तरा’

    प्रिन्स फैसलले साउदी अरब र त्यससँग सम्बन्धित अतिरिक्त दस्तावेज पनि सार्वजनिक गर्ने कुराको समर्थन गर्ने बताए । उनले भने, ‘हामी एक दशकदेखि आ’तंकवादविरुद्ध विश्वव्यापी लडाईका मुख्य साझेदार हौं र हामी यो जारी राख्नेछौं । यी दस्तावेज जारी हुँदा कुनै पनि प्रकारको असर पर्दैन ।’

    साउदी अरबका विदेशमन्त्रीले उग्रवाद र आ’तंकवाद अहिले पनि विश्वव्यापी सुरक्षाका लागि खतरा भएको बताए । ९/११ का हमलाकर्ता र साउदी अरबबीच कथित संलग्नताको विषयमा एफबीआईले आइतबार गोप्य दस्तावेज जारी गरेको थियो । आशिंक रुपमा सेन्सर गरिएका यी दस्तावेजमा अमेरिकाविरुद्ध षड्यन्त्रमा साउदी अरब सरकारले समर्थन गरेको कुनै प्रमाण भेटिएन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया