• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    एमसीसी पास भए देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ- विप्लव

    633
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

    विप्लवले राष्ट्रप्रेमीहरु एकजुट भएर लड्नु पर्ने बेला आएको बताए। विप्लवले भने, ‘नसामा तातो रगत भएका मान्छेहरु लड्नु पर्छ, कायरहरु झुक्ने छन।’ एमसीसी विरुद्ध आज आयोजित विरोध कार्यक्रम झिल्को मात्रै भएको भन्दै उनले भने, ‘आजको दिनमा एमसीसीको विरोधमा देखिएको यो झिल्को मात्रै हो। यदि जर्बजस्त पारित गर्न खोजियो भने यो झिल्को राँको बन्नेछ।’

    विप्लवले एमसीसी नीति प्रयोगद्वारा नेपालका भूभागहरु आफ्नो अधिनमा लिने रणनीति अमेरिकाको रहेको दाबी गरे। एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको बताउँदै विप्लवले कुनैपनि हालतमा लागू हुन नदिने बताए।

    उनले भने ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ। एमसीसी जनताका विरुद्ध छ। नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ। जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ।’

    महासचिव चन्दले अगाडी भने, ‘हामी लड्छौं। कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं। यो कुनै लकाईछिपाईको कुरा छैन। आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ।

    कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्न पाउँदैन। एमसीसी आज एउटा बहस छ। यहाँ पढि पनि सक्नु भयो। यहाँ थुप्रै बूँदाहरु छन। हामीले हेर्यौं। के लेखिएको छ भने–एमसीसी सम्झौंता र नेपालको कानुन बाझेको स्थितिमा एमसीसी सम्झौंता माथि हुनेछ।

    लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरुको जमिनमा अमेरिकाको अधिकार हुनेछ। त्यहाँको सेक्यूरिटी अमेरिकाले गर्नुपर्नेछ। यो कुरा उल्लेख छ, त्यहाँ। यो सम्झौंता कसको हितमा गरिदैछ ?अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौंता लागू गरिनेछ।’

    विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर शाशकहरु विरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी पनि दिए। जनताको व्यवस्था स्थापना गर्न आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया