काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) दलाल पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुने बताएका छन् । तर नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने उनको भनाइ थियो ।
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आज काठमाडौँमा आयोजना गरेको विशाल जनसभामा उनले आमजनतालाई अमेरिकी साम्राज्यवाद भनेको के हो भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘यो देशलाई विदेशीहरूको खेल मैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी छ । सचेत र व्यवस्थित रूपमा हामीले देशभक्तहरूको मोर्चा निर्माण गर्न आवश्यक छ । देशमाथि लाद्न खोजिएको एमसीसीका विरुद्ध देशभक्तिपूर्ण आन्दोलन अघि बढाउन आवश्यक छ ।
प्रतिक्रिया