• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार

    3.4K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् ।

    नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा सम्बोधन पश्चात डा.भण्डारीले विप्लवलाई राष्ट्रको रक्षाका लागि हुने आन्दोलनमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै पृथ्वीनारायण शाहको फोटो पनि हस्तान्तरण गरेका हुन। एमसीसी राष्ट्रघाती भएको र यो देशलाई बचाउन अब विप्लवले नेतृत्वको जिम्मा लिनु पर्ने भण्डारीको भनाई थियो।

    नेपाली जनतामाथि लुटको सपना नदेख्न प्रकाण्डको चेतावनी, भने- दलालहरू खरानी हुनेछन्

    प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिए । उनले विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए ।

    साथै प्रकाण्डले राष्टघाती दलालहरूलाई एकीकृत जनक्रान्तिको आँधीबेहरीले उडाइदिने पनि बताए । ‘हाम्रो राष्ट्रियताको मुद्दामा अमेरिकाले धेरै जोरी नखेले हुन्छ’, विश्वकर्माले भने, ‘जो बाइडेनले २० औं शताब्दीको जनक्रान्ति हेरेका छौ ? आफ्नो मुक्ति र प्रगतिको बाटोमा लम्केका नेपाली जनतामाथि लुटको सपना नदेख्न चेतावनी दिन्छु ।’

    उनले नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहेको भन्दै वर्तमान देउवा सरकारलाई ५० अर्ब रुपैयाँको लोभमा विदेशीको पाउमा परेर नेपाली भूमि बेचविखन गर्ने धृष्टता नगर्न चेतावनी दिए । यदि जबर्जस्ती गरे साम्राज्यवादका दलहरु विनाश हुनेतर्फ हेक्का राख्‍नसमेत उनले देउवालाई आग्रह गरे ।

    ‘देउवाजी त्यो गल्ती नगर्नुस् । त्यो गल्ती गर्नुभयो भने नेपाली जनताको आन्दोलनको भूमरीमा पर्नुहुनेछ । जनताले निसाना बनाउनेछन् । दलालहरूलाई लाठा लगाउनुपर्ला’ विश्वकर्माको भनाइ छ । उनले शंका, अन्तरविरोध र आन्तरिक कलहमा फसेको देउवा सरकारले एमसीसीलाई संसदमा प्रस्तुत गर्न लागेपछि विरोध प्रदर्शन गर्नुपरेको प्रस्टिकरण दिएका थिए ।

    यसअघि नेकपाले काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा जुलुस निकालेको थियो । जुलुसको नेतृत्व विभिन्न नेताहरुले गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं जस्ता नारा लगाएका थिए ।

    एमसीसी पारित भए नेपाल सिरिया बन्छ- सीपी गजुरेल

    नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।

    ‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसीसीका नाममा अमेरिकी उसको सेना ल्याएर चीनका विरुद्ध लड्ने अखडा बनाउँदैछ ।’

    नेपालबाट चीनमा मिसाइल जान थाले भने सी जिनपिङ हेरेर नबस्ने भन्दै त्यसबेला चीनले प्रतिकार गर्ने भएकाले नेपाल विदेशीको रण मैदान बन्ने निश्चित भएको दावी गरे । ‘त्यसरी युद्ध भयो भने नेपाल खरानी बन्छ, हामी त्यसो गर्न दिँदैनौ, नेपाललाई हामी सिरिया बनाउन चाहँदैनौ’ गजुरेलको भनाई छ ।

    सोही कार्यक्रममा नेता गजुरेलले राष्ट्रियताको आन्दोलनका लागि सवै शक्तिसँग मिल्न आवश्यक रहेको बताए । ‘राष्ट्रियताको विषयमा देशभक्तहरू एक हौ’ गजुरेलले आव्हान गरे ।

    देशमाथि लाद्न खोजिएको एमसीसीका विरुद्ध आन्दोलन अघि बढाउन आवश्यक- आहुति

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) दलाल पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुने बताएका छन् । तर नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने उनको भनाइ थियो ।

    विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आज काठमाडौँमा आयोजना गरेको विशाल जनसभामा उनले आमजनतालाई अमेरिकी साम्राज्यवाद भनेको के हो भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए ।

    उनले भने, ‘यो देशलाई विदेशीहरूको खेल मैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी छ । सचेत र व्यवस्थित रूपमा हामीले देशभक्तहरूको मोर्चा निर्माण गर्न आवश्यक छ । देशमाथि लाद्न खोजिएको एमसीसीका विरुद्ध देशभक्तिपूर्ण आन्दोलन अघि बढाउन आवश्यक छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ