• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेपाललाई साम्राज्यवादको युद्ध अखडामा परिणत गर्ने षड्यन्त्र भयो- ऋषि कट्टेल

    367
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी विषको थैलो भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आएको बताएका हुन् ।

    ‘अमेरिका मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर नेपाल आएको हो । तथाकथित विकास, पैसो र अनुदानको नारा दिएर भ्रम सिर्जना गरेर नेपाललाई साम्राज्यवादको युद्ध अखडामा परिणत गर्ने षड्यन्त्र भैरहेको छ, यसलाई परास्त गर्न निरन्तर संघर्ष गर्नुपर्ने अवस्था आएको छ’, कट्टेलको भनाइ छ ।

    उनले एकथरी मान्छेहरुले अमेरिकी सहयोग लिन इन्कार गर्नु विकास विरोधी कुरा भएको भन्ने गरेको भएपनि त्यो भनाइमा सत्यता नभएको बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन जाजल्यमान भएकाले यसलाई समाप्त गर्न अमेरिका लागि रहेको बताए ।

    नेपाली जनक्रान्तिको भट्टीमा नेपालका दलालहरु भट्टीमा छिट्टै पर्दैछन् भन्ने साम्राज्यवादीहरुले देखेका छन् । त्यसका लागि उनीहरु एमसीसीमार्फत विश्व साम्राज्यवादको नाइकेमार्फत अमेरिकालाई गुहार लगाएर नेपालमा सैनिक तागतद्वारा साम्राज्यवादी र दलालहरूको शासनसत्ता कायम राख्ने षडयन्त्रमा छन्’ अध्यक्ष कट्टेलको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया