• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    काठमाडौँका यी ठाउँबाट सुरु भयो नेकपाकाे एमसीसीविरोधी विशाल जुलुस

    2K
    SHARES


    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँमा केहीबेरमा एमसीसीविरुद्ध विशाल जनसभा केहि बेरमा सुरु हुदैछ  । अहिले काठमाडौँका बिभिन्न ठाउँबाट विशाल जुलुस सुरु भएको छ ।

    काठमाडौँका त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट जुलुस निस्किसकेका छन् । तीनवटा जुलुसलाई नेकपाका तीनजना सचिवालय सदस्य सुदर्शन, कञ्चन र विषमले नेतृत्व दिएका छन् । केहीबेरमै तीनवटै जुलुस सुन्धारामा केन्द्रित भएर पार्टी महासचिव विप्लवको नेतृत्वमा खुलामञ्चतर्फ सभाका लागि अघि बढ्ने बताइएको छ ।

    नेपाली जनतामाथि लुटको सपना नदेख्न प्रकाण्डको चेतावनी

    सोमबार एमसीसीबिरुद्ध काठमाडौँको खुलामन्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै यसो बताएका हुन् । प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिए । उनले विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए ।

    साथै प्रकाण्डले राष्टघाती दलालहरूलाई एकीकृत जनक्रान्तिको आँधीबेहरीले उडाइदिने पनि बताए । ‘हाम्रो राष्ट्रियताको मुद्दामा अमेरिकाले धेरै जोरी नखेले हुन्छ’, विश्वकर्माले भने, ‘जो बाइडेनले २० औं शताब्दीको जनक्रान्ति हेरेका छौ ? आफ्नो मुक्ति र प्रगतिको बाटोमा लम्केका नेपाली जनतामाथि लुटको सपना नदेख्न चेतावनी दिन्छु ।’

    उनले नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहेको भन्दै वर्तमान देउवा सरकारलाई ५० अर्ब रुपैयाँको लोभमा विदेशीको पाउमा परेर नेपाली भूमि बेचविखन गर्ने धृष्टता नगर्न चेतावनी दिए । यदि जबर्जस्ती गरे साम्राज्यवादका दलहरु विनाश हुनेतर्फ हेक्का राख्‍नसमेत उनले देउवालाई आग्रह गरे ।

    ‘देउवाजी त्यो गल्ती नगर्नुस् । त्यो गल्ती गर्नुभयो भने नेपाली जनताको आन्दोलनको भूमरीमा पर्नुहुनेछ । जनताले निसाना बनाउनेछन् । दलालहरूलाई लाठा लगाउनुपर्ला’ विश्वकर्माको भनाइ छ । उनले शंका, अन्तरविरोध र आन्तरिक कलहमा फसेको देउवा सरकारले एमसीसीलाई संसदमा प्रस्तुत गर्न लागेपछि विरोध प्रदर्शन गर्नुपरेको प्रस्टिकरण दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया