• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सभामुख सापकोटालाई अर्को झट्का, राजीनामा मागियो

    723
    SHARES


    काठमाडौँ । सभामुख अग्नि सापकोटालाई अर्को ठुलो झट्का लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।

    संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएकाले आफूहरु बैठकमा नजाने बताए ।

    उनले भने, ‘एमाले विभाजनमा उहाँको भूमिका छ । उहाँ बोलाएको बैठकमा के उपलब्धि हुन्छ छ र ? त्यसैले जाँदैनौँ ।’ उनले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘हामीले कारबाही गरेका १४ जना सांसदलाई कि कारबाही गरेको सूचना ढिलै भए पनि टास्नु पर्यो कि राजीनामा दिनुपर्यो ।’

    भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा ‘अध्ययन’ गरिरहेको बताएर सूचना प्रकाशित गरेनन् ।

    भदौ २ मा माधवकुमार नेपालसहितका सांसदहरुले एमाले विभाजन गर्दै नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिए । भदौ ९ गते निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई वैधता दियो ।

    निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए । यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ । यो प्रकरणमा एमालेले १४ जना सांसद विरुद्ध सर्वोच्चमा मुद्दा पनि दायर गरेको छ । सोमबार सो मुद्दाको सुनुवाइ हुँदैछ ।

    त्यस्तै नेकपा एमालेले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध दायर गरेको रिट न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको छ।

    सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध एमालेले दायर गरेको रिट निवेदनको गत भदौ २२ मा प्रारम्भिक सुनुवाइपछि छलफलका लागि दुबै पक्षलाई आज बोलाउने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश दिएको थियो ।

    आज उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो । अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको मिले वा नमिलेको विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो । भदौ २२ को आदेशमा विपक्षीहरुको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनिएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले भदौ १६ गते सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गरेकी थिइन् ।

    एमालेका १४ जना प्रतिनिधिसभा सदस्यलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्काशनको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको थियो ।

    एमालेले १४ जना आफ्ना दलका प्रतिनिधिसभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्काशन गरेको र कार्यान्वयका लागि सङ्घीय संसद् सचिवालयमा भदौ १ गते सूचना तथा निर्णय दर्ता गराइएकोमा कानून बमोजिम गर्नुपर्ने कार्य नगरेको रिट निवेदनमा छ ।

    निष्काशित प्रतिनिधिसभा सदस्यलाई नयाँ गठन भएको दलमा समाहित हुने अवस्था गरिएकोमा पत्राचार तथा निर्णय गैरकानूनी भएकाले उपरोक्त पत्राचार तथा निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गर्न माग गरिएको थियो ।

    नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम गर्न निर्वाचन आयोगका नाममा परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको थियो ।

    निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै सङ्ख्या पुर्‍याएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको र नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामा गैरकानूनी रुपमा स्वीकार गरेको रिट निवेदनमा छ ।

    दलले निष्काशन गरेका दुई लुम्बिनी प्रदेशसभा सदस्यलाई यथावत राख्ने गरी भएको निर्णय बदर गरी गैरकानूनी कार्य नगर्न परमादेशको आदेशको माग गरिएको छ ।

    एमालेका लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी खत्री वली र अजय शाहीलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२(२) बमोजिम निष्काशन गरिसकेको र सो निर्णय विपक्षी सभामुखले लुम्बिनी प्रदेश सभामा सुनाइ वा टाँस गरी पद रिक्तको सूचना निर्वाचन आयोगमा पठाउनुपर्ने भए पनि सदनलाई जानकारी नगराउने निर्णय बदर गर्न माग रिट निवेदनमा गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ