• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कांग्रेसको पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

    287
    SHARES


    काठमाडौं । महाधिबेशन नजिक नजिक आइरहेका बेला कांग्रेस भित्र आ-आफ्ना समूहको भेला छलफल गर्ने क्रम बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

    विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न भन्दै बैठक बस्न लागेको जनाइएको छ । कांग्रेसका एक जना केन्द्रीय सदस्यले आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि बोलाइएको बताएका छन् । कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

    यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया