• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights गण्डकी राजनीति

    दीपक मनाङेले यसकारण बुझाएनन् सम्पत्ति विवरण

    388
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे)ले आफ्नो घरको आन्तरिक कारण वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको बताएका छन् । मन्त्री मनाङेले पहिलो श्रीमती र छोराहरुलाई अंश दिनु परेकोले वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको बताए ।

    आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मनाङेले भने, ‘म आफुसँग भएको सम्पत्ति पहिलो श्रीमती र छोराहरुलाई पनि अंशवापत दिएँ, अलिअलि भएको पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गरिदिएको थिए, त्यो आएको छैन’ उनले भने– ‘आएपछि विवरण बुझाउँला, आउनेवाला छ भनेर लेख्न मिलेन, मेरो नाममा केही छैन ।’

    उनले पुरानो सम्पत्तिका विषयमा मुद्दा चलिरहेको बताउँदै सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको जानकारी दिए । गण्डकी प्रदेशका अन्य मन्त्रीहरूले दुई साताअघि नै सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङे र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

    भ्रष्टाचार निवारण सम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ  ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितका अन्य मन्त्रीले भने साढे २ महिनापछि मात्र सम्पत्ति विवरण बुझाएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया