• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    भोलि काठमाडौँ हुने एमसीसी विरुद्धको बृहत जनसभाको तयारी पुरा

    16.5K
    SHARES

    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबिरुद्ध भोलि भदौ २८ गते काठमाडौँमा बृहत जनसभा गर्दैछ । एमसीसीविरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने छन्।

    काठमाडौँमा हुने खुल्ला मञ्चमा हुने उक्त बृहत जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए ।

    २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि आजै मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।

    भोलि बिहान ११:३० बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने र उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी बृहत जनसभामा परिणत भइ १२ बजेदेखि जनसभा सुरु हुने नेकपाले जनाएको छ ।

    एमसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले बताए ।

    नेकपाले उक्त बृहत जनसभा कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताकाे पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन अपिल गरेको छ ।

    नेकपाले लामो समयदेखि एमसीसी खारेजीका लागि, राष्ट्रिय मुक्तिका लागि र देश र जनताको स्वाधिनताका लागि सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ ।

    एमसीसीकै विरुद्ध साताव्यापी नेकपाले देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत विरोध प्रदर्शन, कोणसभा, एमसीसी सम्झौता पत्र समेत जलाइसकेको छ । नेकपाका सबै जनवर्गीय सङ्गठन, मोर्चाहरू, देशभक्त, राष्ट्रप्रेमी नागरिकहरु एमसीसीविरुद्ध सडकमा आन्दोलित भइरहेको बेला भोलि हुन गइरहेको यो जनसभाको विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया