• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित

    1.9K
    SHARES


    काठमाडौँ । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

    आइतबार बैठक चलाउन सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका नेताहरुसँग छलफल गरेका थिए । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफलमा निस्कर्ष निस्केन ।

    एमालेले पार्टी विभाजनमा सभामुखको षडयन्त्रमुलक संलग्नता रहेको भन्दै बैठक अवरोध गर्दै आएको छ । आइतबारै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका अमर्यादित रुपमा रहेको भन्दै बैठक अवरोध गर्न निर्देशन दिएका थिए ।

    गत शुक्रबारको बैठकमा उच्छृंखलरुपमा प्रस्तुत भएका एमाले सांसदहरु आइतबार भने संयमित देखिए । आइतबारको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई सीमामै बसेर विरोध गर्न निर्देशन दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ