• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    रसुवामा नेकपाले एमसीसी सम्झौता जलायाे

    259
    SHARES

    काठमाडौँ । देशभर एमसीसीका बिरुद्ध आन्दोलन चर्किरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रसुवाले एमसीसी विरुद्ध विरोध कार्यक्रम तथा एमसीसी पत्र जलाएको छ ।

    रसुवाको काकलिका चोकमा आयोजित विरोध एवं एमसीसी सम्झौता जलाउने कार्यक्रममा बोल्दै सेक्रेटरी विराजले देशको स्वाधीनताको रक्षाका लागि आम जनता एकताबद्ध हुँदै एमसीसीलाई खारेज गर्नु पर्ने धारणा राखे । यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गरेपछि मात्र देश र जनताको भविष्य उज्ज्वल हुने बताए ।

    कार्यक्रममा विशेष कमिटीका ध्रुब, युवा संगठन नेपालका जिल्ला अध्य्यक्ष जीवन, कालिका गाउँपालिका इन्चार्ज बालकृष्ण लगायतको उपस्थिति रहेको थियो । नेकपाले देशभर एमसीसीका बिरुद्ध साताव्यापी आन्दोलन घोषणा गरेको छ । आन्दोलनको अन्तिम चरण भोली काठमाडौँमा प्रदर्शन गरिने जनाइएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया