• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः बिस्ट निर्वाचित

    847
    SHARES


    काठमाडौँ  । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)  काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि सशक्त आन्दोलन, एकीकृत जनक्रान्तिका पक्षमा २६ औँ काठमाडौं जिल्ला सम्मेलन !” भन्ने मुल नारासहित काठमाडौँको २६ औँ जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको हो ।

    सम्मेलनले निवर्तमान अध्यक्ष अध्यक्ष गोबिन्द बिस्टलाइ पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै सम्मेलानानाले संगठनको उपाध्यक्ष मिम ऐडि, सचिव रबिना सथसन्कर, सह-सचिव हस्त बिक, कोषाध्यक्ष पुर्णचन्द्र खडका सहित २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

    सम्मेपलानको उद्घाटन नेकपाका केन्द्रीय सदस्य एबम्प्र काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले गरेका थिए । यस्तै सम्मेलनमा महासचिव प्रकाश शाही, सिटिइभिटी इन्चार्ज मिलन राई, सङ्गठनका केन्द्रीय सदस्य तथा काठमाडौँ ललितपुर इन्चार्ज मदन चन्द, क्याम्पस जिल्ला अध्यक्ष तारा सन्ज्याल, ललितपुर अध्यक्ष रमेश सुनार सिटिइभिटी उपत्यका जिल्ला अध्यक्ष डिबी चन्द लगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो ।

    सम्मेलन आयोजनाक समितिका उपाध्यक्ष मिम ऐडिले स्वागत मन्तब्य राखेको सम्मेलनको सञ्चालन रबिना सथसन्करले गरेका थिए । यस्तै हिजै क्रान्तिकारीले कैलाली, कन्चनपुरको जिल्ला सम्मेलन पनि सम्पन्न गरेको छ । त्यस्तै उता झापामा भने जिल्ला भेला सम्पन्न गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ