• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    काठमाडौँको चन्द्रागिरीमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा प्रवेश

    301
    SHARES

    काठमाडौं । विप्लव नेतृत्वको नेकपा चन्द्रागिरी नगरपालिकाको वडा नं. ११ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर सेक्रेटरी प्रभासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सिनारायण महर्जन रहेका थिए ।

    कार्यक्रममाा अन्य पार्टी परित्याग गरी ५० जना नेकपा प्रवेश गरेको जनाइएको छ । प्रवेश गर्नेहरुमा सुर्य सुनुवार राई, दिपक शाह, बगेन्द्र अधिकारी, मनिषा मगर, प्रकाश केसी, प्रवेश कुलामा,र छविमायालगायत रहेका छन् । नवप्रवेशीहरुलाई टीका र खाँडा ओढाई प्रवेश तथा स्वागत गरिएको थियो ।

    प्रवेश गराउदै प्रमुख अतिथि तुलसीनारायणले यो संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले सुख नपाउने र यो व्यवस्था फाल्नको लागि पार्टी स्थापना कालदेखि नै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउनका लागि संघर्ष गरिरहेको बताए । वैज्ञानिक समाजवाद व्यवस्था आएमा नेपाली जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ र रोजगार तथा संचार सुविधा पाउने बताए ।

    अहिले देशैभरी एमसीसीको विरोध भैरहदा संसदमा रहेका सत्तालिप्सा पार्टीले नबोलेको दाबी गरे । आफूहरुले एमसीसी विरुद्ध २३ गते देखि आन्दोलनका कार्यक्रम गरिरहेको र २८ गते महासचिवले सम्बोधन गर्ने जनसभामा सरिक हुन सबैलाई आग्रह गरे ।

    कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका माहा सचिव रमेश रुपाखेती र पत्रकार जितेन्द्र महर्जनले पनि शुभकामना मन्तव्य राखेका थिए । श्याम तामाङले संचालन गरेको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी अटो मोबाइल श्रमिक संगठनका केन्द्रीय अध्यक्ष ब्याकुलले स्वागत मन्तव्य राखेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया