झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
भेलामा प्रमुख अतिथिका रूपमा झापा जिल्ला सचिव तारा थापा ‘प्रशान्त’ सहभागी भएका थिए भने विशेष अतिथिका रूपमा अखिल (क्रान्तिकारी) मेची-कोशी ब्युरो संयोजक पुष्प न्यौपाने र अतिथिका रुपमा विद्यार्थीका फ्रयाक्सन इन्चार्ज एवम् झापा जिल्ला कार्यालय सचिव सञ्जय राईको उपस्थिति रहेको थियोे ।
भेलालाई प्रमुख अतिथि एवम् झापा जिल्ला सचिव प्रशान्तले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले देशको राजनीतिक भविष्यको निर्धारण गर्ने शक्ति विद्यार्थी रहेको भन्दै विद्यार्थीहरू नै सक्रिय रूपले अगाडि आउनुपर्ने बताए । नेपालको हरेक राजनीतिक परिवर्तनमा सबैभन्दा ठुलो भूमिका विद्यार्थीहरूको रहेको भन्दै अब अखिल (क्रान्तिकारी) ले राष्ट्रघातका विरूद्व संघर्ष गर्ने बेला आएको बताए ।
त्यस्तै विद्यार्थी नेता पुष्पले मन्तव्य राख्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रम क्रान्तिकारी झापाका फ्याक्सन इन्चार्ज सञ्जय राईले नवगठित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै झापाली विद्यार्थीहरूले पुर्वबाट विद्यार्थी आन्दोलनको शुरूवात गर्नेबेला आएको भन्दै क्याम्पस तथा विद्यालयहरूमा विद्यार्थीमाथि भएका अन्याय, अत्याचार, चर्को भर्ना शुल्क लगायतका विरूद्व धावा बोल्नुपर्ने बेला आएको बताए ।
प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । संगठनको उपाध्यक्षमा सन्जय राजवंशी, सचिवमा स्नेहा राई, सह-सचिवमा कविर देव र कोषाध्यक्षमा अस्मिता डाँगी रहेका छन् । त्यस्तै सदस्यहरूमा रुपेश पैड्याल, नियन राजवंशी, कुशल तिमल्सिना, दिलमाया राई, सोभा विश्वकर्मा, सोचन भट्टराई, यमकुमार राजवंशी, रमेश भट्टराई, दावा तामाङ, बिपिन पोख्रेल र कुशल चामलिंङ राई रहेका छन् ।
प्रतिक्रिया