• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    किम जोङ उनलाई अदालतमा उपस्थित हुन आदेश

    1.4K
    SHARES


    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई अधिकार दुरुपयोगको मुद्दामा जापानी अदालतमा उपस्थित हुन आदेश जारी भएको छ।अदालतले जापानका अल्पसंख्यक कोरियालीहरुमाथि उत्तर कोरियाले मानवअधिकार उल्लंघनका घटनाहरु दोहोर्याएको आरोप लगाएको छ। किमलाई सो विषयमा स्पष्टीकरण दिन अक्टोबर १४ मा अदालनमा उपस्थित हुन आदेश दिइएको हो।

    माधव अधिकार उल्लंघन गरेकोमा अदालतले किम जोङ उनसँग ९ लाख अमेरिकी डलर क्षतिपूर्ति पनि माग गरेको छ। तर किम जापानी अदालतमा उपस्थित हुने सम्भावना शून्य छ।

    वास्तवमा पुनर्वास कार्यक्रम अन्तर्गत जापानबाट ९३ हजार मानिसहरु उत्तर कोरिया उज्वल भविष्यका लागि गएका थिए। तर त्यहाँ उनीहरुमाथि भेदभाव भयो। वाचा गरिएअनुसार उनीहरुले जीवनयापन गर्न पाएनन्। सोही विषयमा जापानको अदालतले उत्तर कोरियाको प्रमुख भएको हिसाबले किमलाई अदालतमा उपस्थित हुन भनेको हो।

    ग्यास मास्क लगाएका सैनिकको मध्य रातमा परेड, दुब्लो देखिए किम जोङ उन

    उत्तर कोरियाको ७३ औं स्थापना दिवसमा सैन्य परेडको आयोजना गरियो जसमा सैनिकले हेजमेट सूट र ग्यास मास्क लगाएका थिए । उनीहरुको अनुहार पूर्ण रुपमा ढाकिएका थिए । उत्तर कोरियाको सरकारी मिडियामा मध्य रातमा आयोजना गरिएको यो सैन्य परेडको तस्बिर पनि सार्वजनिक भएको छ ।

    यी तस्बिरमा सैनिक र कार्यकर्ता चम्किलो रातो रङको हेजमेट सूटमा मार्च गरिरहेको देखिएका छन् । उनीहरुको अनुहारमा ग्यास मास्क लगाइएको थियो । यतिबेला उत्तर कोरियाको कुनै पनि ठूला ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरिएन ।

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन– पनि यो आयोजनामा उपस्थित थिए । उनी पहिलेको भन्दा केही दुब्लो देखिए । किम जोङ उन भीडमा मास्क बिना नै उपस्थित थिए र बच्चाहरुलाई अँगालो हालिरहेका थिए ।

    सरकारी मिडियामा बिहिबार आएको तस्बिरमा परेडका बेला फायर ट्रक, ट्र्याक्टर र आतिशबाजी देखिएको थियो । यस्तै, सैनिकको हेजमेट सूट र ग्यास मास्क यो कुराको संकेत हो कि कोभिड–१९ सँग लड्नका लागि विशेष बल तयार गरिएको छ ।

    उत्तर कोरियाले यतिबेला खानाको कमी र कोरोना महामारीका कारण बिग्रिएको आर्थिक स्थितिको पनि सामना गर्नुपरिरहेको छ । चीनको सरकारी मिडिया अनुसार चीनका राष्ट्रपति शी जिनपिङले किम जोङ उनलाई बधाई सन्देश पठाएका छन् ।

    दक्षिण कोरियामा सोलस्थित बीबीसी संवाददाता लर बिकरका अनुसार उत्तर कोरियाले पछिल्लो एक वर्षमा यस्ता तीन परेडको आयोजना गरेका छन् जुन उनीहरुका लागि पनि असामान्य हो ।

    उनका अनुसार हिजोको परेडमा विशेल रातो पोसाक लगाएका सैनिकमार्फत् सायद उत्तर कोरिया आफ्ना मानिसहरुलाई यो संकेत दिन चाहन्छन् कि उनीहरुले कोरोनाविरुद्ध लडाईं जारी राखेका छन् ।

    यद्यपि, उत्तर कोरियाले आफ्नो देशमा कसैलाई पनि कोरोना संक्रमण नभएको र अहिलेसम्म कसैलाई पनि भ्याक्सिन नदिएको दाबी गर्दै आएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ