कैलाली । विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीको २२ औँ जिल्ला सम्मेलन शुक्रबार टीकापुरमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले जिल्ला सम्मेलन उद्घाटन गरेका थिए ।
उद्घाटन मन्तव्य राख्दै पुनले नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी भूमिका विद्यार्थी आन्दोलनको भएको बताएका छन् । विद्यार्थी आन्दोलनकै जगमा उठेका ठुल्ठूला राजनीतिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र स्थापना भएको उनको भनाइ थियो ।
साथै पछिल्लो समय विद्यार्थी आन्दोलन बदनाम हुँदै गएको भन्दै नेता पुनले विद्यार्थी आन्दोलनमा रजगज चलाइरहेका सीमित व्यक्तिहरूले उठाएका असीमित फाइदाको भुंग्रोमा शिक्षा र स्वास्थ्य क्षेत्र परेको यथार्थ अब कसैले लुकाउन नसक्ने गरी सतहमा देखिन थालेका बताएका छन् । “यसो भन्दै गर्दा आन्दोलनकारी सम्पूर्ण विद्यार्थी संगठन बदनाम मात्रै छन् भन्ने पनि होइन । केही विद्यार्थी संगठन निरन्तर शैक्षिक सुधार र रूपान्तरणको आन्दोलनमा नै रहेका छन् ।” नेता पुनले भने ।
यस्तै सम्मेलनमा नेकपा जिल्ला सचिवालय सदस्य रोसन रैकाल र अखिल नेपाल महिलासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य सुनिताले शुभकामना मन्तव्य राखेका थिए । २२औँ जिल्ला सम्मेलनबाट महेश पातलीको अध्यक्षतामा ४१ सदस्यिय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको छ। जसको उपाध्यक्षमा बिनोद जप्रेल,सचिवमा सुनिल भुल,सहसचिवमा ईन्द्र रिजार र कोषाध्यक्ष कल्पना सार्की निर्वाचित भएका छन्
सम्मेलन आयोजक कमिटीका संयोजक सुवास किरण जोशीको सभापतित्वमा सम्पन्न सम्मेलनमा शिक्षक संगठनका जिल्ला अध्यक्ष आरपी तिमिल्सेनाले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सञ्चालन महेश पातलीले गरेका थिए ।
प्रतिक्रिया