• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा टेकेन्द्र पाठक

    1.2K
    SHARES


    काठमाडौँ । नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १७ औं जिल्ला सम्मेलन टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ ।सम्मेलनको उद्घाटन नेकपा केन्द्रीय सदस्य ओम प्रकाश पुनले गरेका थिए ।

    उद्घाटन मन्तब्य राख्दै नेता पुनले आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गरी समान पहुँच सहितको गुणस्तरिय शिक्षा लागू गर्ने बताउँदै दलाल व्यवस्थाले दलाल उत्पादन गर्ने जिकिर गरे। वैज्ञानिक समाजवाद स्थापना भए आफ्नो स्वर्ग ढल्छ कि भनेर कोही आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै जनमत संग्रह मार्फत जनतालाई आफ्नो व्यवस्था आफै चुन्ने अधिकार दिनुपर्ने बताए।

    शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्ने बताए। सम्मेलनले सफल र सबल नेतृत्व चयन गर्न सकोस् भन्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । यस्तै सम्मेलनमा अतिथि नेकपाका केन्द्रिय सदस्य अग्नि धामी, समाजवादी राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष देविदत्त पाण्डे क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले शुभकामना मन्तव्य राखेका थिए ।

    सम्मेलनमा कञ्चनपुर पार्टी सचिव रमेश परियार जीवनले प्यानल प्रस्तुत गरेका थिए भने सम्मेलन समापन समारोहमा बधाई मन्तव्यमा युवा संगठन का केन्द्रिय सदस्य भुवन कुंवरले राखेका थिए ।

    सम्मेलनबाट निर्वाचित समितिमा अध्यक्ष टेकेन्द्र पाठक, उपाध्यक्ष भरत विक, सचिव अर्जुन विक, सह सचिव अनिल घरेडी, कोषाध्यक्ष हरिस ऐरी र सदस्यहरु लक्ष्मी शाह, चन्द्र टुकृया, पुस्पा धामी, कुसुम जोशी, जनक पन्त, प्रकाश लुहार लगायत रहेका छन् । भरत बिकले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समितिका सदस्य टेकेन्द्र पाठकले स्वागत मन्तव्य राखेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ