• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश

    बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याउने

    261
    SHARES

    काठमाडौँ । जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो ।

    आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् ।

    उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड महामारीका कारण संस्थानको व्यापारमा प्रभाव परेको उनले बताए ।

    महामारीको समयमा संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । यस्तै, सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कँडेलले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया