• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाद्वारा एमसीसीबिरुद्ध आन्दोलनको घोषणा, २८ गतेको जनसभालाई विप्लवले सम्बोधन गर्ने

    751
    SHARES


    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले एमसीसीबिरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कशनिबार नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोल घोषणा गरेको बताएका हुन् । भदौ २८ गते  हुने जनसभालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

    पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध बृहत प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको बताए । प्रवक्ता प्रकाण्डले एमसीसी जबर्जस्ति अघि बढाएमा देशमा आन्दोलनको आगो सल्कने चेतावनी दिए।

    उनले भने, ‘एमसीसीलाई नेपालबाट सधैँभर नेपालबाट हटाउनुपर्छ । यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने मुर्खता नगरोस् ।’ एमसीसीलाई संसदबाट पास गरिए दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उनले बताए । उनले भने, ‘नेपाली जनताका लागि अपराध गर्नुहुन्छ भने राष्ट्रको मुक्ति प्राप्त नगर्दासम्म हामी निरन्तर आन्दोलनमा हुन्छौँ ।’

    वर्तमान सरकारको विकास भन्दा पनि भ्रष्टाचारमा ध्यान गएको उनको आरोप थियो । उनले भने, ‘जनताको बलिदानलाई मुल्यहीन बनाउन कसैलाई छुट छैन । देउवाले मूर्खता गरे भने देश आन्दोलनको भूमरीमा फस्छ ।’

    श्रमजीवी जनताको विपक्षमा र स्वाधीनता प्राप्त गर्न नदिन एमसीसी परीयोजना आएको उनको दावी थियो । उनले भने, ‘तपाइँहरु (सरकार)ले युद्ध, लुट थोपर्न पाउनुहुन्न । अहिलेको दुनियाँमा श्रमजीवी जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकार आफैँलाई छ ।’ उनले एमसीसी नेपालबाट खारेज गर्नुपर्ने भन्दै सरकारले नसुने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ