• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मध्यराति चलाउनेको कोठामा प्रहरीको छापा, ११ बर्षीय बालकलाई दिइयो यस्तो मानसिक यातना

    15.2K
    SHARES

    काठमाडौँ, १२ फागुन ।

    अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेको बालाजुस्थित कोठामा प्रहरीले शुक्रबार मध्यराति छापा मारेको छ । दिउसो  हात्तिसारबाट गिरफ्तार गरेर कमल पोखरी प्रहरी वृतमा राखिएका चलाउनेको कोठामा प्रहरीले राति अबेर छापा मारेको हो ।

    राति  साढे ८ बजेपछि साधा पोशाकमा आएको ७/८ जनाको प्रहरी टोलीले कोठामा सुतिरहेका ११ बर्षीय चलाउनेका छोरा र १३ बर्षीय भाइलाई उठाएर धकेलपकेल गर्दै  खानतलास गरेको पारिवारिक स्रोतले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

    बाजालुस्थित कोठा बाहिर हतियारधारी प्रहरीले घर घेरामा हालेर भित्र साधा पोशाकमा गएकाे चलाउनेका भाईले सञ्चारकेन्द्रलाई बताएका छन् । प्रहरीले छापा मारेर कोठामा भएको दराज लत्ताकपडा लगायतका सामग्री यत्रतत्र फालेर गएको छ ।

    सञ्चारकेन्द्रको टोली शनिबार चलाउनेको कोठामा पुग्दा उनका ११ बर्षीय छोरा र १३ बर्षीय भाइ अत्यन्तै डराएको अबस्थामा बसिरहेका थिए ।

    राति प्रहरीले ‘हामी प्रहरी हो, तैले हामीले सोधेको कुरा भन, नत्र तलाई पिट्छौ, मार्छौ र जेल हाल्छौ, तिम्रो बाबा के काम गर्छ, कहाँ जान्छ, कोसँग भेट्छ भन’ भनेर मानसिक यातना दिएको आफन्तको भनाइ छ ।

    चलाउनेका ११ बर्षीय छोराले भने,-‘दिउसो बाबालाई प्रहरीले समातेर थुनेको रैछ हामीलाई थाहा भएन । राती कोठामा प्रहरी आउनुभयो र तेरो बाबालाई हामीले समातिसक्यौ अब तलाई पनि थुनेर पिट्ने हो, जेल हाल्ने हो । तेरो बाबाले के काम गर्छ, कहाँ जान्छ, कोसंग भेट्छ, तलाई के-के थाहा छ, सब भन भन्नुभयो अनि मैले मलार्इ यस्तो कुरा केही थाहा छैन, बाबा कोठामा यही बेडमा सुत्नुहुन्छ मात्र भने ।’

    यस्तै प्रहरीले कोठाबाट चलाउनेले प्रयोग गर्ने विभिन्न सामाग्रीहरु लिएर गएको छ । कोठाबाट चलाउने अध्ययन गर्ने पुस्तकहरु, झोला, विभिन्न कागजजात, म्युजिक भिडियोका सिडी, पेन ड्राइभ, मोबाइल, मोबाइलका सिमकार्डहरु र ल्यापटपलगायतका सामाग्रीहरु लिएर गएको छ ।

    प्रहरीले चलाउनेको मात्र नभएर उनिसँगै अर्को कोठामा बस्ने बिद्यार्थीहरुका ल्यापटप समेत कब्जा गरेर लागेको चलाउनेको परिवार स्रोतले जनाएको छ । प्रहरीले लिएर गएको एउटा आइप्याट र केहि किताब बाहेक ल्यापटप मोबाइलहरु भने चलाउनेको नभएर सँगै अर्को कोठामा बस्ने विद्यार्थीको भएको परिवार स्रोतको दाबी छ ।

    यस्तै चलाउनेको कोठामा छापा मार्दा प्रहरीले जुत्तासँगै बेडमा टेकिदिने, ओछ्यान कुल्चिदिने र नाबालकहरुलाई मानसिक यातना दिने जस्ता कार्य गरेर मानवीयतालाई समेत ख्याल नगरेको देखिएको छ ।

    सञ्चारकेन्द्रको टोली त्यहा पुग्दा चलाउनेको कोठामा १८ घण्टापछिसम्म पनि कपी किताबहरु च्यातिएको र कोठाभरी छरपस्ट अबस्थामा छरिएका थिए । लत्ता कपडाहरु सबै छताछुल्ल अवस्थामा थिए भने दराज समेत तोडफोड गरिएको जस्तो देखिएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेलाई संगठनको कामको क्रममा काठमाडौंको हात्तिसारबाट शुक्रबार विहान १० बजेतिर प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको छ ।

    चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको समाचारहरु सञ्चारमाध्यममा आएपनि प्रहरीले भने सूचना लुकाउन खोजेको थियो । अहिलेसम्म प्रहरीले परिवारका कुनैपनि सदस्यलाई गिरफ्तारीबारे अधिकारिकरुपमा जानकारी नदिएको चलाउनेका भाइले बताए ।

    उनले भने-‘उहालाई के कति कारणले प्रहरीले गिरफ्तार गरेको हो । हामीलाई कुनै पनि जानकारी छैन । उहाको ११ बर्षीय छोरा उहाकै रेखदेखमा भएको हुनाले प्रहरीले खबर गर्नुपर्ने हो तर अहिलेसम्म खबर गरिएको छैन ।’

    आफ्नो बाबालाई प्रहरीले गिरफ्तार गरेर राखेको भन्ने खबर राति प्रहरी कोठामा आएर छापा मारेपछि मात्र थाहा पाएको उनका छोराले बताए। आफु कक्षा २ मा पढ्ने बताउने चलाउनेका छोराले प्रहरीले आफुलाई पनि समातेर जेल हाल्ने धम्कि दिएकोले स्कुल जान डर लागेको बताए ।

    चलाउने गिरफ्तार भएको खबर मिडियामा आएपछि हेटौडामा रहेका चलाउनेका भाइ शुक्रबार साझ काठमाडौँ आइपुगे पनि आफ्ना दाजुको गिरफ्तारीबारे भने आफुलाई बिस्तृत जानकारी नभएकोले दाजुको अबस्थाबारे बुझिन दिन मानवाधिकारकर्मी, पत्रकार, कानुन ब्यबसायी र नागरिक समाजसँग आग्रह गरेका छन् ।

    शान्तिपूर्ण राजनीति गरिरहेको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव चलाउनेलाई दिउसो गिरफ्तार गरेर अबस्था अज्ञात राखिनु र मध्यराति प्रहरीले कोठामा छापा मारेर उनको नाबालक छोरालाई मानसिक यातना दिनुले प्रहरीले गम्भीर मानवाधिकारको उलंघन गरेको मानव अधिकारकर्मी तथा बरिष्ठ अधिबक्ता कानुन व्यवसायी एकराज भण्डारीले सञ्चारकेन्द्रलाई बताएका छन् ।

    यस्तै पछिल्लोसमय एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि व्यापक धरपकड, दमन र गिरफ्तारी बढाएकाे छ ।

    गत फागुन ६ गते नेकपाको युवादस्ता याेङ रेड फाेर्सकाे सम्मेलनका लागि विराटनगर पुगेका नेकपा स्थायी समिति सदस्य सुदर्शन र पोलिटब्युरो सदस्य पदम राईसहित सयौं नेता कार्यकर्तालाई ओली सरकारले एकैदिन गिरफ्तार गरेको थियाे ।

    त्यहि दमनकाे बिराेधमा फागुन ८ गते नेकपाले गरेकाे नेपाल बन्दकाे क्रममा समेत दर्जनाैं नेता कार्यकर्ता गिरफ्तार परेका छन् भने नेता सुदर्शन र राईसहित ३ जना अनि अझै रिहा भएका छैनन् ।

    यो पनि पढ्नुहोस्

    अखिल (क्रान्तिकारी)का महासचिव चलाउने गिरफ्तार ! प्रहरीले सूचना दिन मानेन्

    यस्तो छ चलाउनेको कोठामा प्रहरीले छापा मारेपछिको अबस्था हेर्नुहोस् तस्बिरमा

        

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ