• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाए मन्त्रीहरुको लिष्ट, हेर्नुस नामावलीसहित

    2.2K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेपछि गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले सोमबार जसरी पनि मन्त्रीपरिषद् विस्तार हुने भनेपछि नेताहरु छलफलमा जुटेका हुन् ।

    अन्य दल आन्तरिक छलफलमा जुतिएरहेका बेला यतानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट मन्त्री बन्नेहरुको लिष्ट बालुवाटार पठाएको बुझिएको छ ।

    जसपा र एकीकृत समाजवादीका नेताले भने अहिलेसम्म कुनै निश्कर्ष निकाल्न सकेका छैनन् । आफ्ना जनप्रतिनिधिको टुंगो निर्वाचन आयोगले आइतबारसम्म लगाउने भएकाले उनीहरु आयोगको निर्णय कुरेर बसेका छन् ।

    कांग्रेसका एक नेताले पनि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा रहेको बताए । गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्री र मन्त्रालय संख्याबारे पनि छलफल भएको उनले जानकारी दिए ।

    देउवाको नेतृत्वमा सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । कांग्रेसबाट प्रधानमन्त्रीसहित ४ जना (एक राज्यमन्त्री) र माओवादी केन्द्रबाट २ जना मन्त्री छन् ।

    एमालेका तत्कालीन १४ सांसदका विषयमा भएको निर्णयलाई लिएर सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाले पनि मन्त्रिपरिष्द विस्तारमा ढिलाइ भएको एक नेताले बताए ।

    ‘सरकारमा नजाने भए पनि हाम्रो दलले मन्त्रिपरिषद् विस्तार छिटो हुनुपर्छ भनिरहेको छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् । उनका अनुसार गठबन्धन दलको बैठकमा नेताहरूले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भएको भेटबारे ब्रिफिङ पनि गरेका थिए । बैठकमा संसद्मा पेस भएका र पेस गर्नुपर्ने अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको थियो ।

    गठबन्धनको बैठक शुक्रबार साँझ पनि बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने काठमाडौं बाहिर रहेकाले बैठकमा सहभागी थिएनन् । उक्त दलबाट नेताद्वय राजेन्द्र पाण्डे र विरोध खतिवडा सहभागी थिए ।

    खतिवडाका अनुसार साँझको बैठकमा एमसीसी सम्झौताका विषयमा छलफल भएको जानकारी दिए । ‘अब एमसीसीलाई कुनै दलले चाहेर एक्लै पास गर्ने वा कसैले चाहँदैमा फिर्ता गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सबैले आफ्नो दलभित्र छलफल गर्ने र त्यसपछि एक–दुई दिनमै सामूहिक बसाइ गरेर टुंगोमा पुर्‍याउने भन्ने कुरा आएको छ ।’

    शुक्रबार बिहानको बैठकमा कांग्रेसबाट सभापति देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

    शुक्रबार बेलुका प्रचण्डले देउवालाई बुझाएको लिष्टमा देबेन्द्र पौडेल, सुदन किराती, शशी श्रेष्ठ, शिवकुमार मण्डल मन्त्री, महेश्वर गहतराज (अथक)को नाम परेको बुझिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया