• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती विशेष

    नेकपाको सचिवालय बैठक सम्पन्न, निर्णय कार्यन्वयन गर्न विप्लवले दिए कडा निर्देशन

    688
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सचिवालयको बैठक शुक्रबार साझ सम्पन्न भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले अहिलेको तत्कालिन राजनीतिक परिस्थितिलाई हेरेर विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।

    सचिवालय बैठकले भोली भदौ २६ गते पार्टीको आयोजनामा प्रज्ञा भवन कमलादी काठमाडौँमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्बजनिक गर्ने जनाएको छ । सचिवालय स्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार २८ गते एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा गर्ने निर्णय समेत गरेको छ ।

    उक्त जनसभाको व्यापक तयारीका निम्ति पार्टीका केन्द्रीय सदस्यहरुको नेतृत्वमा विभिन्न समिति र उपसमितिहरु बनाएर तयारीलाई ब्यापक बनाउने निर्णय समेत गरेको छ। यस्तै पार्टीका विभिन्न जनबर्गीय संगठनहरुका भेला सम्मेलन र तिनका पदाधिकारी छनौटबारे पनि महत्वपूर्ण निर्णय गरिएको जनाइएको छ ।

    यस्तै केही महिनाअघि सम्पन्न पार्टीको दशौँ बैठकले लिएका निर्णय कार्यन्वयन र त्यससँग सम्बन्धित समिक्षा समेत गरेको जनाइएको छ । यस्तै बैठकले दशौँ बैठकबाट पार्टीको बैकल्पिक केन्द्रीय समितिमा केही नेताहरुलाई बढुवा गर्न गरेको निर्णयलाई अनुमोदन गरेको र पुनः केही नेताहरुलाई थप्नेबारे पनि छलफल भएको जनाइएको छ ।

    यस्तै बैठकमा लामोसमयपछि जेल मुक्त भएर आएका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन,’ भरत बम ‘रणबिर’, माइला लामा, चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’ लगायतका नेताहरुलाई स्वागत गर्नुका साथै उच्च सम्मान गर्ने र उचित जिम्मेवारी दिनेबारे पनि छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

    यस्तै बैठकले लिएका निर्णय कार्यन्वयन गर्न जोडदार निर्देशन दिदै महासचिव विप्लवले सिङ्गो पार्टीलाई अहिलेका लागि एमसीसी बिरुद्धको आन्दोलनमा केन्द्रित हुन र आम नागरिकलाई समेत आन्दोलनमा आउन आव्हान गर्न पार्टीका नेता-कार्यकर्तालाई केन्द्रिकृत भएर लाग्न निर्देशन दिएका छन् ।

    यस्तै नेकपाले ओली सरकारसंग भएको ३ बुँदे सम्झौता कार्यन्वयन नगरेको भन्दै सरकारसँग एक पटक छलफल गर्ने र अटेर गरे त्यसविरुद्ध आन्दोलनमा जाने लगायतका केहि निर्णय गरिएको जनाइएको छ । सरकारले पार्टी माथिको प्रतिबन्ध खारेज गरेपछि सम्झौता अनुसार आफ्ना नेता कार्यकर्ताहरुमाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्ने र बन्दीहरु रिहा गर्नेबारे कुनै चासो नदेखाएको भन्दै नेकपा असन्तुष्ट रहेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया