• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    सुमारले ऊर्जामन्त्री भुसाललाई भनिन्- एमसीसी छिटो पास गरिदिनुस्

    369
    SHARES

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारले भेट गरेकी छिन् । उनीहरूबीच एमसीसी परियाेजनाका विषयमा छलफल भएकाे थियाे । एमसीसी परियाेजना सञ्चालन गर्ने सराेकारवाला मन्त्रालय रहेका कारण सुमारले ऊर्जामन्त्री भुसालसँग भेट गरेकी हुन् ।

    ऊर्जामन्त्री भुसालकाे सचिवालयले दिएकाे जानकारी अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका तथा नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गरेकी थिइन् । सुमारले त्यसको कार्यान्वयनमा सहयोग गर्न र एमसीसीका विषयमा नेपालमा भएका टिप्पणीकाे विषयमा चासो राखेकी थिइन् ।

    जवाफमा मन्त्री भुसालले नेपाल-अमेरिकाबीच रही आएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहना अनुसार नै निष्कर्षमा पुगिने बताएकी छिन् । उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

    भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसहितको टोली सहभागी थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया