• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माइक झिकेर सभामुखलाई हिर्काउन खोज्ने सांसद भन्छिन्- टाउकोमै हान्न मन थियो

    1.6K
    SHARES


    काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरु सुरु देखिनै आक्रामक रुपमा प्रस्तुत भए। सदन अवरोध गर्न खोजेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने सदनका काम कारवाही अघि बढाइरहे। त्यही क्रममा एमाले सांसद रेखा झाले माइक झिकेर प्रहार गर्न खोजिन्।

    निकै झोक्किएकि एमाले सांसद झाले सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन् ।

    उनले आज मौका नमिलेको तर मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’ संसद बैठकमा उनले गृहमन्त्री बालकृष्ण खाँणका अघि रहेको माइक तानेकी थिइन् । माइकले सभामुखको टाउको फुटाउन खोज्नेले संसदीय मर्यादाको कुरा गर्न सुहाउँछ भन्ने प्रश्नमा उनले भनिन्, ‘सुरुवात कसले गरेको हो, हामीले हो ? उनीहरूले संसदीय मर्यादा उल्लंघन गरे । हामीले त्यसको प्रतिवाद गर्यौ।’

    ‘सभामुखले संविधानविपरीत सदन चलाएकाले मैले हिर्काउनकै लागि माइक तानेकी हुँ,’ उनले भनिन् । सांसद झाले सभामुख र अर्थमन्त्रीमाथि प्रहार गर्ने योजना सफल नभएकाले अर्को पटक प्रयास गर्ने बताइन् ।

    आज प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेले संसद बैठक अवरुद्ध पार्न खोजेको थियो । एमालेले अवरुद्ध पार्न खोजेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर सुचारु गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ