• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पत्रकार कु’टपि’टबारे बोल्यो तालिबान, फेरि यतिसम्म भन्यो

    1.9K
    SHARES


    अफगानिस्तानमा पत्रकारविरुद्ध हिं’सामा भएको वृद्धिसँगै रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) ले चिन्ता व्यक्त गरेको छ । बिहिबार नीजि समाचार च्यानल टोलो न्यूजले पत्रकार र संवाददातामाथि अफगानिस्तानमा तालिबानले कुटपिट गरेको बताएको छ ।

    आरएसएफका अफगानिस्तान डेस्कका प्रमुख रेजा मोइनीले ७ र ९ सेप्टेम्बरको ४८ घण्टाका बेला तालिबानले २४ जना पत्रकारलाई हिरासतमा लिएका थिए जसलाई पछि रिहा गरियो । तालिबानका सदस्य अनामुल्लाह समानगनीले तालिबान भविष्यमा यस्तो प्रकारको घटनाबाट बच्ने बताएका छन् ।

    उनले भने, ‘पछिल्ला केही दिनमा पत्रकार पीडित भएका छन् यसका लागि हामी लज्जित छौं । हामी उहाँहरुको चुनौती सुल्झाउने कोसिस गरिरहेका छौं । हामीले यसमाथि काम गर्नेछौं र उनीहरुसँग सही तरिकाले व्यवहार गर्ने कोसिस गर्नेछौं ।’

    ८ सेप्टेम्बरमा नीजि पत्रिका एतिलात–ए–रोजले आफ्ना पाँच रिपोर्टरलाई तालिबानले अफगानिस्तानको राजधानी काबुलमा महिलाको प्रदर्शनबारे समाचार संकलन गर्दा हिरासतमा लिएको बताएको छ । आफ्ना दुई पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको यसमा दाबी गरिएको थियो ।

    अफगानिस्तानका केही पत्रकारले तालिबानले उनीहरुको काममाथि प्रतिबन्ध लगाइदिएको बताएका छन् । च्यानलले ८ सेप्टेम्बरमा हेरात शहरमा हालै तालिबानको गोलीबारीकोम शिकार भएका मानिसहरुका परिवार न्यायका लागि प्रदर्शन गरिरहेका छन् ।

    त्यस्तै साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’

    प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’

    उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले उनको मुलुक अफगान जनताको मद्दत गर्न जारी राख्ने बताएका छन् । साउदी अरबका विदेशमन्त्रीले आफूहरुले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्ने बताएका छन् ।

    साउदी अरबका विदेशमन्त्रीले भने, ‘यो मुश्किल समयमा हामी अफगानिस्तानका जनताको साथमा छौं । साउदी अरब अफगानिस्तानलाई संकटबाट निकाल्न हर सम्भव मद्दत गर्नेछ । ’

    प्रिन्स फैसलले यो बयान अफगानिस्तानमाथि आयोजित एक भर्चुअल बैठकमा बताएका हुन् । तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेका थिए । यो सरकारमा मुल्ला मोहम्मद हसन अखुंदलाई प्रधानमन्त्री र अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनाइएको छ ।

    यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला तीन देश साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले अफगानिस्तानमा तालिबान सरकारको वैधतालाई स्विकार गरेको थियो ।

    तालिबानले त्यो समयमा ओसामा बिन लादेनको नेतृत्वमा चलिरहेको चरमपन्थी संगठन अल–कायदालाई आश्रय दिएको थियो । यो संगठनलाई सन् २००१ मा अमेरिकामा ९÷११ को आतंकवादी हमलाका लागि जिम्मेवार मानिन्छ जसमा केही भवन ध्वस्त भए भने करिब ३ हजारको ज्यान गयो ।

    आजको समयमा तालिबान आफूलाई सही अर्थमा ‘अफगानिस्तानको इस्लामी शासक’ को रुपमा हेरिरहेका ेछ र अन्तर्राष्ट्रिय स्तरमा उसलाई यसै पहिचानसहित स्विकृती मिलोस् भन्ने पनि चाहन्छ ।

    साउदी अरब ओसामा बिन लादेनको आफ्नो देश थियो । अल कायदाका नेता ओसामा बिन लादेनको मृत्युको सात वर्षपछि सन् २०१८ मा उनकी आमाले पहिलो पटक आफ्नो छोराबारे सार्वजनिक रुपमा कुरा गरेकी थिइन् ।

    आलिया गानेमले बेलायती पत्रिका ‘द गार्डियन’ को साउदी अरबको जुद्दाहमा स्थित आफ्नो पुर्ख्यौली घरमा अन्तरवार्ता दिएकी थिइन् ।आलियाले पत्रिकासँगको कुराकानीमा भनेकी थिइन्, ‘मेरो छोरा बाल्यकालमा निकै लज्जित र ‘राम्रो बच्चा’ थियो । तर युनिभर्सिटीमा ‘ब्रेनवास’ गरेर उसको विचार परिवर्तन गरियो ।’

    परिवारका अनुसार उनीहरुले अन्तिम पटक सन् १९९९ मा बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए । यो ९÷११ को घटनाभन्दा दुई वर्ष अघिको कुरा हो । सुरुमा उनी सोभियत सेनासँग लड्न अफगानिस्तानमा आएका थिए तर सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थी बनिसकेको थियो । बीबीसी

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ