• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द, यस्तो छ कारण

    585
    SHARES


    काठमाडौँ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ । शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ ।

    हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले बताएको हो । यसअघिका चार टेस्टमा भारतले २-१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो । यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया