• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    महिला अधिकारको समाचार लेख्ने दुई पत्रकारमाथि तालिबानको यस्तो क्रुरता

    1.1K
    SHARES


    काठमाडौँ । अफगानिस्तानमा तालिबानले दुई जना पत्रकारमाथि निर्घात कु’टपिट गरेको भिडियो तथा तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् । राजधानी काबुलको एक पुलिस स्टेशनमा तालिवानहरुले ती दुई जना पत्रकारलाई बन्धक बनाएर मरणासन्न हुनेगरी कु’टपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    काबुलमा आफ्नो अधिकारका लागि प्रदर्शनमा उत्रिएका महिलाहरुको समाचार संकलन गरेको अभियोगमा ती दुई जना पत्रकारलाई हिरासतमा लिएर चरम यातना दिइएको समाचारमा जनाइएको छ ।

    ताकी दारयबी नाम गरेका पत्रकारले आफूलाई हिरासतमा सात/आठ जना तालिबानी लडाकुको समूहले निर्घात कुटपिट गरेको बताएका छन् । उनका अनुसार तालिबानीहरुले लौराले सक्दो प्रहार गरेका थिए र मरे भनेर मात्र कुट्न छाडेका थिए ।

    कु’टपिट पश्चात दुबै पत्रकारलाई अन्य कैदीहरु रहेको कोठामा लगेर राखिएको थियो । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने ती दुई जना पत्रकारले कुटाइ खाएका हुन् ।

    सामाजिक सञ्जाल ट्विटरमा राखिएका विभिन्न तस्वीरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ ।

    महिला अधिकारबारे समाचार लेख्ने उनीहरुलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्ममार रातो तथा निल डाम देखिन्छ ।

    तालिबान लडाकूहरुले कुटपिट गरेपछि दुई अफगान पत्रकारहरु गम्भीर घाइते भएका छन्। फोटोग्राफर नेमतुल्लाह नकदी र रिपोर्टर ताकी दर्याबीले आफूहरुमाथि निर्घात कुटपीट भएको बताएका हुन् । तालिवान लडाकुहरुले आफूहरुमाथि लाठी, बिजुलीको तार र कोर्रा हानेर मरणासन्न बनाएको उनीहरुले बताएको इन्डिया डटकमले जनाएको छ ।

    काबुलमा महिला आन्दोलनको समाचार संकलन गरेकै कारण तालिबान सुरक्षा बलले हिरासतमा लिएको र कुटपीट गरेको ह्युमन राइट्स वाचलाई उद्धृत गर्दै इन्डिया डटकमले जनाएको हो ।

    यसैगरी भारतीय सञ्चार माध्यम दैनिक ट्रिब्यूनले पनि अफगानिस्तानमा महिला तथा बालबालिकाहरुकाे हकका लागि भएको प्रदर्शनको समाचार संकलनका क्रममा ती दुई जना पत्रकारहरुलाई हिरासतमा लिएर चरम यातना दिएको समाचारमा उल्लेख गरेको छ ।

    सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा ती पत्रकारमाथिकाे तालिबानको चरम यातनाको विरोध भएको छ । ट्वीटरमा मार्कस यम भन्ने व्यक्तिले उक्त घटना निकै दुखदायी भएको भन्दै यस्तो लेखेका छन्-

    द गार्जिएनले समेत ती दुई पत्रकारमाथि हिंस्रक आक्रमण भएको जनाएको छ । उसले पत्रकारहरुमाथि भएको चरम यातनाको एक भिडियो समेत आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । पत्रकारमाथि तालिवानले गरेको यो हर्कतको अहिले चौतर्फी विरोध भएको छ । अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै पत्रकारमाथिको क्रुरता बढेको जनाइन्छ ।

    अफगानिस्तानमा तालिबानको कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै गत बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरुलाई समेत गिरफ्तार गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया