• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    फेरि बसेको संसद बैठकमा एमालेको नाराबाजी

    518
    SHARES


    काठमाडौँ । एमालेको अवरोधपछि केही समय स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । तर, एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन ।

    एमाले विभाजनमा सभामुखले सहयोगी बनेको एमालेले आरोप लगाएको छ । एमालेले यस्तो आरोप लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा सभामुखको भूमिकालाई लिएर प्रश्न गर्न नपाइने प्रतिनिधिसभाको नियमावलीको व्यवस्थातर्फ ध्यानाकर्षण गराएका थिए ।

    एमाले सांसदहरुले लागतार नाराबाजी गरेपछि एमाले सांसदहरुको मागबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरे पनि एमालेको नाराबाजी जारी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया