• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सङ्खुवासभा ह’त्या प्रकरणमा नयाँ ट्वीष्ट, प्रारम्भिक अनुसन्धानबाट खुल्यो यस्तो रहस्य

    1.3K
    SHARES


    काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक ह’त्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘लुटेरा समूहले ह’त्या गरेको’ आशङ्कामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट ह’त्या नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले ह’त्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए ।

    ‘सम्पत्ति तलमाथि भएको छैन’ एसपी दाहालले भने– ‘आमा, बुहारी र नातिनी बुहारीले लगाएको सुन शवसँगै फेला परेको छ ।’ मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रन्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव सोमबार बिहान फेला परेको थियो ।

    शव फरक–फरक चार स्थानमा फेला परेको थियो । हत्या अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी रुगम कुँवरको टोली पनि घटनास्थलमा पुगेको छ ।

    जटिल घटना भएको हुनाले अनुसन्धानमा मिहिनेत गर्नुपर्ने अवस्था रहेको सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए । ‘विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं’ घटनास्थलमा रहेका डीएसपी सुवेदीले भने– ‘लुटपाटको सम्भावना छैन्, हतार गर्दा नकारात्मक रिजल्ट आउने हुनाले सचेततापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

    छिमेकीको कहानीलाग्दो बयान-‘एकै परिवारका ६ जनालाई लखेटी लखेटी मा’रे’

    प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको ह’त्या भएको हो ।

    स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ । ‘मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं ।’ उनले भने ।

    ‘हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।’ उनले भने ।

    ‘काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन्,’ उनले भने, ‘उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ ।’

    उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

    ‘बौद्धमान (तेजबहादुरको बुबा) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुन्न र बोल्न सक्नुहुन्न ।’ उनले भने । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया