• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    आमा बनिन् अभिनेत्री ऋचा शर्मा

    339
    SHARES

    काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

    अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

    ‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया