• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    देशभर थप १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २१ को मृत्यु

    835
    SHARES


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ भने ७ लाख ३१ हजारजना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ