• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    महेश बस्नेतले प्रधानमन्त्री देउवालाई फर्काए यस्तो कडा जवाफ

    785
    SHARES


    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा जवाफ फर्काएका छन । नेता बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए। उनले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी)हालत के होला भनेर प्रश्न गरे।

    ‘प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ। भक्तपुर आएर हराउँछु भन्नुभएछ’ बस्नेतले भने, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ। पछिल्लो गतिविधिले अझै हार्नेछ। अझ माओवादी र एसको हालत के होला? च्याखे थाप्नेहरुको चर्चा हुँदैन।’

    केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उदघाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिएका थिए।युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताए।’

    ‘काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं। केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे। कामहहरु हुन्थे। शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो’ बस्नेतले भने, ‘५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो।

    एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गरे। दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो।’ बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाए।

    उनले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिए। ‘सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ। प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ। त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ’, उनले भने।

    यस्तै सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ। आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै १४ पुगेको हो। यसअघि १३ प्रदेशसभाका सांसदले नेकपा एमाले छोड्दै नवगठित समाजवादीमा सनाखत गरेका थिए। तामाङ आएसँगै नेकपा एस १४ सांसदसहित सुदूरपश्चिम प्रदेसभामा सबैभन्दा ठूलो दल बनेको हो।

    साविकको सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले भने १० सांसदसहित चौथो दलका रुपमा खुम्चिएको छ। एमालेबाट निर्वाचित बझाङका सांसद अर्जुन बहादुर सिंह भने हाल सभामुख रहेका छन्।

    सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १३ सहित दोस्रो र नेपाली कांग्रेस १२ सांसदसहित तेस्रो दल बनेको छ। जनता समाजवादी पार्टीमा सुदूरपश्चिममा २ जना सांसद रहेका छन्।

    नेकपा एस रोज्नेहरुमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

    विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने जनाएका छन्।

    सुदूरपश्चिममा विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्।

    सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म दल रोज्न पाउने छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया