• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    छिमेकीको कहानीलाग्दो बयान-‘एकै परिवारका ६ जनालाई लखेटी लखेटी मा’रे’

    2.1K
    SHARES


    काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको विभ’त्स ह’त्या भएको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    जिल्लाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको ह’त्या भएको हो । बौद्धमान कार्कीको परिवारका ६ जनाको ह’त्या भएको प्रहरीले जनाएको छ । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

    प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको ह’त्या भएको हो ।

    स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ । ‘मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं ।’ उनले भने ।

    ‘हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।’ उनले भने ।

    ‘काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन्,’ उनले भने, ‘उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ ।’

    उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

    ‘बौद्धमान (तेजबहादुरको बुबा) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुन्न र बोल्न सक्नुहुन्न ।’ उनले भने ।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।

    घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्की सहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको छ । उनीहरुको शव घरबाहिर चार ठाउँमा फेला परेको छ । फरक–फरक ठाउँमा शव फेला परेको बताइएको छ ।

    परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले आफु घटनास्थलमा जाँदै गरेको ताए ।

    पावर्तकी कार्कीको शव घरमा फेला परेको छ । तेज बहादुरको शव सडकमा फेला परेको छ । बुहारी रञ्जनाको शव खोलामा र विपिन र गोमाको शव १ किलोमिटर पर बारीमा भेटिएको छ ।

    त्यस्तै कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो ।

    विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको ह’त्या गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष कै’द फैसला गरेको थियो । प्रहरीले लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएपश्चात् कै’द भुक्तानका लागि का’रागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया