• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा

    311
    SHARES


    काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् ।

    सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य संगठन बनाएको भन्दै बधाइ दिए ।

    कार्यक्रममा कामु प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको बताए ।

    थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । उनले यही भदौ २४ गतेबाट प्रधानसेनापतिको पदभार सम्हाल्ने छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया