• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ‘जो चोर, उसैको ठूलो स्वर’ भन्दै गोपाल किराँतीले प्रचण्डलाई हाने एक झापड ! माके नेताहरु छक्क

    19.9K
    SHARES

    काठमाडौं, ११ फागुन ।

    माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् ।

    ‘जो चोर, उसैको ठूलो स्वर’ भन्दै उनले प्रचण्डलाई मुखभरिको जवाफ दिंदै ठुलो झापड हानेका छन् । मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ आफुहरुलाई दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र भएको उनले बताएका छन् ।

    उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा -माओवादी केन्द्र) पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’

    एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गर्नुलाई उनले एकमनावादको पराकाष्ठा भनेका छन् ।

    ‘उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो,’ किरातीले भनेका छन्, ‘माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।’

    किराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए । उनले ‘माओवादी पुनर्गठन अभियान’ चलाएको घोषणा गरेका थिए । बिहीबार बसेको माओवादी बैठकले एकताविरोधी गतिविधिमा लागेको भन्दै किरातीसहित, विश्वभक्त दुवाल र लोकेन्द्र विष्टलाई निस्कासन गर्ने निर्णय गरेको थियो ।

    किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

    उनले भनेका छन्, ‘जो चोर, उसैको ठूलो स्वर भनेझैं मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो ।’

    ‘एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आह्वान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।’ विज्ञप्तिमा अगाडि लेखिएको छ ।

    माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको थियो । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

    माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा समेत उपस्थित भएका थिए ।

    पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।

    फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो । किरातीको यो झापडले माओवादी नेताहरु तिनछक्क परेका छन् ।

    पार्टीमै नभएका नेता पनि कारवाहीमा !

    एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टले गत साउनमै पार्टी परित्याग गरिसकेका थिए । प्रचण्ड निवास लाजिम्पाटमा राजीनामा बुझाएका विष्ट त्यसयता बोलाइएको बैठकमा समेत गएका थिएनन्।

    स्थायी कमिटी बैठकमा पार्टीले गरिखाँदैन भनेर चर्को विरोध गर्ने नेता बिष्टले त्यसपछि एकाएक राजीनामा दिएका थिए ।

    माओवादी केन्द्र एमालेमा बिलय हुने संकेत देखेपछि विष्टले पार्टी परित्याग गरेका थिए । एमाओवादीमा राजीनामा दिएका विष्ट नेपाल कम्युनिष्ट पार्टीसंग नजिक छन ।

    रुकुम घर भएका विष्ट एमाओवादीभित्र खरा नेता मानिन्थे । जनयुद्धकालमा लामो समय जेल बसेका विष्ट पूर्वपर्यटनमन्त्री समेत हुन् । उनी पहिलो संविधानसभामा राज्य पुसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिका सभापतिसमेत थिए ।

    यस्तै बाम गठबन्धनको निर्णय र प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य विश्वभक्त दुलाल ‘आहूति’ले पनि प्रचण्डहरु एमालेमा बिलय हुने पक्का भएपछि असहमति जनाउँदै पार्टी छाडेको घोषणा गरेका थिए ।

    गत पुसमै ‘आहूति’ले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेता नभएको बताइसकेका थिए । उनले त्यतिबेला एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने बताएका थिए ।

    एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ छ । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश-पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने ‘आहुती’ले बताउदै आएका छन् ।

    एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनको बुझाई छ ।

    एमाले र माओवादी केन्द्रबीच सरकार गठन र त्यसपछि पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादीको सो प्रक्रियाको विरोध गर्दै स्थायी समिति सदस्य विष्ट र पोलिटव्युरो सदस्य आहुतीले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रलाई ठुलो नोक्सानी भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ