• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन

    तारा श्रीस र आर्यन तामाङले ल्याए ‘मायाको चौघेरो’ भिडियोसहित

    567
    SHARES

    भ्वाइस अफ नेपाल सिजन–३ का उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङले पहिलो गीत ‘मायाको चौघेरो’ ल्याएका छन्। गत शुक्रबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमका बीच गीतको भिडिओ सार्वजनिक गरिएको हो।

    रोमान्टिक शैलीको गीतमा युवा गायक जोसेफ शाही ठकुरीको शब्द/संगीत रहेको छ। विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।

    गीतको भिडियोमा पछिल्लो समयका बहुचर्चित मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ। बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

    भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ। बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया