• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बल्छीमा परेको सर्पजस्तै दखिने माछाले टोक्दा गयो ज्यान

    653
    SHARES


    काठमाडौँ । दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।

    माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई लमही अस्पतालमा पुर्याएएपनि चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

    वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको बताए ।

    घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए ।

    तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए । उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पुर्याएकी थिइन् ।

    अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो ।’ प्रहरी निरिक्षक पौडेलले मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आए पछि खुल्न बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ