• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    240
    SHARES


    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

    योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया