• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    स्वास्थ्य मन्त्रीले मन्त्रालयमै चु’म्बन गरेको तस्वीर भाइरल, अब के हुन्छ ?

    1.8K
    SHARES


    एजेन्सी। स्वास्थ्य मन्त्रीले चु’म्बन गरेको फोटा भाइरल भएको छ । लायतका स्वास्थ्यमन्त्रीले आफ्नै प्रेमिकासँग गरेको चु’म्बन भाइरल भएको हो ।त्यही चु’म्बनका कारण उनले राजीनामा दिएका छन् । कोराना महामारीको बेला आफ्नी प्रेमिकालाई चुम्बन गरेपछि बेलायतका स्वास्थ्य मन्त्रीले राजीनामा दिनु परेको हो ।

    सामाजिक दूरी पालना नगरेको भन्दै आलोचना भएपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन ।उनले आफ्नी सहयोगी जीना कोलाडंगेलोलाई कार्यालयमा चु’म्बन गरेका थिए । प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा लेख्दै हेनककले यो महामारीमा जति मानिसहरुले बलिदान दिएका छन, त्यो हेर्दा यदि हामी उनीहरुसँग केही गलत गर्छौं भने हाम्रो जिम्मेवारी नैतिकता देखाउनु हुन्छ ।

    उनकी सहयोगी जीना एउटै कार्यालयमा काम गर्छिन । त्यसो त उनी विवाहित हुन । उनको बिहे भएको १५ वर्ष पुगेको छ भने तीन छोराछोरी पनि छन् । तर कार्यालयमा कार्यरत जीनासँग उनको अफेयर चल्दै आएको थियो ।

    जीना पनि विवाहित हुन । यी दुबैले कार्यालयमा चु’म्बन गरिरहेको तस्वीर भाइरल भएपछि मानिसहरुले आलोचना सुरु गरेका थिए । उनले त्यसपछि माफी मागेका थिए ।

    युवतीले किन गरिन् आफैंसँग बिहे ?

    विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् ।

    पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ ।

    सिड्नीमा बसोबास गर्दै आएकी क्रिस्टिन अहिले २८ वर्षकी भइन् । पेशाले शिक्षिका हुन् उनी । केही समय पहिले उनले बिहेका लागि इन्गेजमेन्ट गरिसकेको केटासँगको सम्बन्ध तोडिएको थियो । इन्गेजमेन्ट भैसकेर तय भैसकेको बिहे भंग हुँदा दुःख लाग्नु स्वभाविकै हो । तर क्रिस्टिनले भने त्यो शोकलाई शक्तिमा परिणत गरिन् । उनले भविष्यमा कसैसँग बिहे नै नगर्ने र आफैंसँग बिहे गर्ने फैसला गरिन् । भविष्यमा एक्लै आफैसँग जीवन बिताउने उनको निर्णय थियो ।

    सोही बाचा पूरा गर्ने सिलसिलामा उनले हालै आफैंसँग बिहे गरेकी हुन् । आफ्नो बिहेका लागि उनले बिहेको कार्ड छपाएर साथीसँगी तथा आफन्तहरुलाई बाँडिन् । बिहेका लागि सुन्दर वेडिङ गाउन र एउटा हिराको औँठी खरिद गरिन् । बिहे समारोहमा आएका पाहुनाहरुका लागि भोजको व्यवस्था पनि गरेकी थिइन् ।

    अनौठो त के भने उनले आफ्नो बिहेको कार्ड वितरण गर्नु अगाडिसम्म उनको बिहे आफैंसँग हो भन्ने कसैलाई थाहा रहेनछ । त्यसैले उनले दिएको बिहेको कार्डमा सबैले बेहुलाको नाम खोजे, तर त्यहाँ बेहुलाको नाम फेला नपरेपछि सबै अक्क न बक्क परे । क्रिस्टिनले त्यस विषयमा सबैलाई खुलस्त पारिन् ।

    इन्गेजमेन्ट टुटेसँगै क्रिस्टिनलाई यो कुराको हेक्का भैसकेको थियो कि जीवनमा स्वयं प्रतिज्ञा हुनु निकै जरुरी हुन्छ । त्यस कारण उनले आफ्नो विवाहको थिम पनि यसै अवधारणामा राखेकी थिइन् । आफैंसँग बिहे गरेकी क्रिस्टिनले आफैंसँग प्रेम गर्ने तथा खुसी रहने बाचा पनि गरेकी छिन् ।

    बढी सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल

    मानिस बेरोजगार हुनुका कारण के के हुन सक्दछन् ? देशमा पर्याप्त रोजगारीका अवसर नहुनु, मानिस आफैमा शिक्षा तथा सीप र क्षमताको कमी हुनु आदि आदि । तर संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको छ ।

    एमी कुप्स नामक ती मोडेलले आफ्नो बेरोजगारीको अनौठो कारण बताएकी छिन् । आफूले आफ्नो सुन्दरता र कामुकताकै कारण कुनै जागिर पाउन नसकेको उनको दाबी छ ।

    नर्थ क्यारोलिनामा बस्ने एमी कुप्सले पछिल्लो केही वर्षदेखि राम्रो जागिरको खोजी गरिरहेकी छिन् । तर जुनसुकै जागिरका लागि अन्तर्वार्ता दिए पनि उनी छनोट हुन सकेकी छैनन् । उनलाई कुनै पनि क्षेत्रमा जागिर भेटिएको छैन । अहिलेसम्म उनी स्वास्थ्य बीमा, खुद्रा पसलहरु, कार मार्केटिंगलगायतका हरेक क्षेत्रमा जागिर खोज्न गएकी छिन् ।

    केही वर्षअघि सम्म एमीले शिक्षिकाको रुपमा जागिर गर्दथिन् । तर जब उनी Onlyfans मोडेल भएको कुरा थाहा भयो उनको शिक्षिकाको जागिर मात्र गुमेन अरु जागिर पनि उनले पाएकी छैनिन् ।

    एमीका अनुसार पछिल्ला केही वर्षदेखि जब उनी जहाँ पनि जागिरका लागि अन्तर्वार्ता दिन जान्छिन् अन्तर्वार्ताकारहरु उनलाई घुरेर हेर्छन् । पुरुषहरु आफ्नो सुन्दरता र हटनेस देखेर नर्भस हुने गरेको उनको जिकिर छ । आफ्नो सुन्दरता करिअरका लागि सबैभन्दा ठूलो अड्चन बनेकोमा उनलाई दु:ख छ ।

    तर राम्रो जागिर नपाएपछि उनले आफ्नो मोडलिङ करिअरबाट भने राम्रै आम्दानी गरिरहेकी छिन् । Onlyfan Model रिहेकी एमी Only Fans प्लाटर्फममा आफ्ना फोटो तथा भिडियोहरु बिक्री गरेर रकम आर्जन गर्ने गरेकी छिन् । सो प्लाटर्फम खासगरी पोर्न भिडियो तथा फोटोहरुका लागि चर्चित भएको हुँदा एमीको छवि खराब बनेको र बाहिर जागिर पाउन मुस्किल बनेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया