• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अखिल क्रान्तिकारीका ३ कमिटीले गरे संयुक्त विद्यार्थी सम्मेलन, को-को चयन भए पदाधिकारी ?

    679
    SHARES


    कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा क्याम्पस (राष्ट्रिय कलेज र घोडाघोडी क्याम्पस) इकाइ कमिटि र नगर इकाइ कमिटिको संयुक्त विद्यार्थी सम्मेलन सम्पन्न गरेको छ ।

    माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य नैन बहादुर चौधरी र क्रान्तिकारी केन्द्रय सदस्य सावित्रा आचार्यको उपस्थितिमा घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा सम्मेलन सम्पन्न भएको हो ।

    मन्तब्य राख्दै नेतृ सावित्रा आचार्यले पहिले पहिले छात्रा बहिनीहरु बाहिर निस्किन गाह्रो हुने र संगठनमा एक जनालाइ कोषाध्यक्ष बनाउन बहिनी खोज्नलाइ नै हैरान हुने गरेको बताउदै आजका दिनमा कम्तिमा त्यो अवस्था नरहेको र यो अबस्थासम्म पुर्याउने माओवादी पार्टी नै रहेको बताइन ।

    यस्तै प्रमुख अतिथि माओवादीकेन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य नैन बहादुर चौधरीले तातो-रातो रगत र नयाँ-नयाँ कुरा सिक्ने इच्छा शक्ति, जोशजाँगर भएका यूवा विद्यार्थीहरुले परिवर्तन र समानताका कुराहरु सजिलै सिक्न सक्ने र जीवन व्यवहारमा लागु गर्दै समाजमा लागु गर्दै गराउँदै अघि बढ्दा परिवर्तन गर्न सकिने बताएका छन् ।

    सो कार्यक्रममा राष्ट्रिय कलेज इकाइ कमिटि, घोडाघोडी क्याम्पस इकाइका विद्यार्थीको उपस्थिति रहेको थियो । विहीबार सम्पन्न सम्मेलनले क्याम्पस इकाइ कमिटि र नगर इकाइ कमिटि पुनर्गठन पनि गरेको छ ।

    सम्मेलनले घोडाघोडी बहुमुखि क्याम्पस इकाइ कमिटिमा गोपाल प्रसाद रेग्मी संयोजक, सचिव गणेश भण्डारी र कोषाध्यक्ष मनिषा पण्डित रहने गरि २१ सदस्यीय कमिटि गठन गरेको छ ।

    त्यस्तै राष्ट्रिय कलेज इकाइले सुदर्शन गौतम अध्यक्ष रहने गरि १५ सदस्यीय कमिटि गठन गरेको छ । त्यस्तै नगर इकाइ कमिटीमा प्रेम सहकारी (बोगटी)  संयोजक, सचिव सन्तोश राना र कोषाध्यक्ष संगिता चौधरी रहने गरि २९ सदस्सिय कमिटि गठन गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ