• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन

    कमेडी च्याम्पियन–२ किन बाट बाहिरिइन अभिनेत्री ऋचा शर्मा ? यस्तो छ कारण

    756
    SHARES

    काठमाडाैं । अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन्। उनले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्। गर्भवती ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागीता जनाएकी थिइन्। फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने छिन्।

    ‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको उनले सुनाइन् ।

    ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्। कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ। फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ।

    यता गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। ‘इबादत बन गए हो’ बोलको यो गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

    गीतमा स्मितालाई भारतीय गायक शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत छ। भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको सामाजिक लेखेकी छन्।

    यस गीतको भिडिओमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन्। गीतको भिडिओलाई राजीव एस रुइयाले निर्देशन गरेका हुन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया