• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलिपल्ट बाइडेनले गरे यस्तो घोषणा

    1K
    SHARES


    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको घोषणा गरेका छन् । २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

    ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठूला सैनिक अपरेशन गर्ने युगको अन्त्य पनि हो,’ बाइडेनले भने। आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षेपकारी नहुने बाइडेनको संकेत थियो।

    सम्बोधनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा युद्धलाई निरन्तरता नदिने प्रतिवद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिंग तरिकाले भएको अमेरिकी र अफगान नागरिकको उद्धारलाई पनि बाइडेनले स्वभाविक भएको उल्लखे गरे।

    उनले आफ्नो भागमा परेको दोष लिन आफू तयार भएको उल्लेख गर्दै अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा अरू पनि उत्तिकै दोषी रहेको बताए। उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प र अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई संकेत गरेका थिए।

    समाचार संस्था रोयटर्सका अनुसार एक महिनाअघि अफगान समकक्षी घानीसँग भएको टेलिफोन संवादमा बाइडेनले अमेरिकी सेना फिर्ता भए पनि आफूहरूको सहयोग जारी रहने तर त्यसका लागि घानीले सोच बदल्नु पर्ने बताएका थिए।

    जुलाई २३ मा भएको टेलिफोन संवादका क्रममा बाइडेनले घानीलाई भनेका थिए(तपाईंसँग अमेरिकाले तालिम दिएको राम्रो सेना छ। ती तीन लाख सैनिक ७०(८० हजार तालिबानसँग लड्न सक्षम छन्। बाइडेनले घानीले नयाँ योजना अघि सारे अमेरिकाले उनको सरकार जोगाउन हवाई सहयोगलगायत अन्य थुप्रै सहयोग गर्ने बताएका थिए।

    तालिबानले काबुल कब्जा गर्नु तीन साताअघि बाइडेन(घानीबीच भएको उक्त संवादले दुबै नेताहरूले यति छिटै तालिबानहरू काबुल आइपुग्छन् भन्ने कल्पना पनि नगरेको देखिन्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ