• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    भारतसँग खेल्नु अघि नेपाली प्रशिक्षकले भने- हामी नयाँ गोर्खाली हौं, इतिहास र विपक्षी नहेरी खेल्छौं

    676
    SHARES


    काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ ।

    त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने नभएको बताए । उनले अघि भने, ‘तर हामीले दुवै खेल जित्नैपर्छ । फिफा र्‍याङ्किङका लागि जित्न जरुरी छ ।’

    यो दुई खेल जित्न सक्ने हो भने नेपालको र्‍याङ्किङ ७/१० स्थान माथि जानसक्ने उनले बताए । नेपालविरुद्ध खेल्न भारतलाई जति कठिन छ, नेपाललाई पनि जित्न त्यही नै कठिन भएको उनले बताए ।

    विगतको रेकर्ड पनि भारतको पक्षमा रहेको उल्लेख गर्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘तर हामी पनि नयाँ गोर्खाली हौं, इतिहास र विपक्षी नहेरी रिजल्टका लागि खेल्छौं ।’

    कप्तान किरण चेम्जोङले पनि भारतविरुद्ध खेल्न सहज नहुने बताए । तर दुई महिनादेखि आफूहरुले तयारी गरेको भन्दै उनले भने, ‘शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि हामी बलियो छौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ