• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत प्रवास

    किरण गजमेरलाई अनेसासको ट्रस्टी प्रदान

    390
    SHARES

    काठमाडाैं । अमेरिका निवासी द भ्वाइस अफ नेपाल रियालिटी सोका विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

    अनेसास वर्तमान विधान बमोजिम ट्रस्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।

    अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रस्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउँदै ट्रस्टीका सभापति गीता खत्रीले भने – किरणजस्ता कला, सङ्गीत, गायनमा ख्याति प्राप्त युवाहरूलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।

    यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली सङ्गीतको सेवामा समर्पित किरणको साङ्गीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया