• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    बन्दुक बोकेका तालिबान लडाकूको बीचमा बसेर जब टिभी प्रस्तोताले समाचार भने…

    1.4K
    SHARES


    काठमाडौँ । अफगानका टेलिभिजन समाचारवाचकले तालिबान लडाकूको बीचमा हेडलाइन पढ्दै गर्दा उनी निकै आत्तिएको देख्न सकिन्छ । तर यतिबेला उनले अफगानी जनतालाई भने नआत्तिन भने । बन्दुक बोकेका तालिबानी लडाकूको बीचमा बसेर समाचार पढिरहेको भिडियो क्लिप टिभी स्टुडियोले अनलाइनमा सेयर गरेका छन् ।

    तालिबानी लडाकू स्टुडियोको भवनमा प्रवेश गरेको र समाचारवाचकलाई तालिबानको प्रशंसा गर्न अह्राएको डेलीमेल बताएको छ । बीबीसीका याल्दा हाकिमले आइतबार उक्त भिडियो राख्दै ट्वीट गर्दैै लेखेका छन्, ‘अफगानिस्तान टिभी– वास्तविकता ।’

    ‘हालको राजनीतिक बहस अफगान टिभीमा जस्तो देखिन्छ, तालिबानका लडाकू टिभी प्रस्तोतामाथि निगरानी गर्दै ।’ ‘टिभीका प्रस्तोताले गानी सरकार ढलेको र इस्लामिक इमिरेट्सले अफगानी जनतालाई नडराउन आग्रह गरेको जानकारी दिए । ’

    ४२ सेकेन्डको क्लिपलाई १० लाख बढीले हेरिसकेका छन् । उक्त भिडियोमा आठ हतियारधारी लडाकूले उनलाई घेरिरहेको देख्न सकिन्छ । तालिबानी लडाकू आइतबार टिभी स्टुडियोको भवनभित्र प्रवेश गरेको र कार्यक्रम प्रस्तोतालाई उनको अगाडि नै बोल्न माग गरेको बताइन्छ ।

    पर्दाज नाम दिइएको उक्त कार्यक्रममा प्रस्तोताले समूहलाई सहयोग गरिदिन पनि मानिसमाझ अपिल गरेका छन् । न्यूजरुम भित्रको फुटेज सेयर गर्दै एटिलात्रोज र काबुलनाउका प्रकाशक जाकी दार्याबीले ट्वीटरमा लेखे, ‘यो एउटा यस्तो चिज हो जसलाई एटिलात्रोजले कुनै पनि हालतमा सहन सक्दैन ।’

    ‘यस्तो भए हामीले बरु काम नै बन्द गरिदिनेछौं ।’ इरानी पत्रकार मासिह अलिनेजाडले उक्त भिडियो रिट्वीट गर्दै लेखे, ‘यो वास्तविक दृश्य हो ।’‘तालिबानी लडाकू यी डराइरहेका टिभी प्रस्तोताको पछाडि बन्दुक लिएर पोज दिइरहेका छन्र।

    अफगानिस्तानका जनता इस्लामिक इमिरेट्ससँग डराउनु पर्दैन भनेर उनलाई भन्न लगाइरहेका छन् । ’ ‘तालिबान आफैंमा लाखौं मानिसहरुका लागि डरको पर्याय हुन् । यो अर्को एउटा प्रमाण हो ।’

    यस्तै अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन्। उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे।

    अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिवान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ।

    “अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,” उनले भने।

    अमेरिकीहरूले “सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दावी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए।

    अफगानीहरूले आफ्नो स्वतन्त्रता, स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए।

    अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ