• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    शर्लिन चोपडाले शिल्पालाई भनिन्- ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

    618
    SHARES


    काठमाडाै. । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा जेल परे । कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु बाहिरिने क्रम जारी नै छ । मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन गरिरहेको छ ।

    राज कुन्द्रासँग जोडिएकी अभिनेत्री शर्लिन चोपडाले पनि उक्त प्रकरणका सुरुदेखि नै बोल्दै आएकी छन् । उनले राज कुन्द्रामाथि विभिन्न आरोप लगाउँदै आएकी छन् । ​शर्लिन पुनः एक पटक सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उक्त विषयमा बोलेकी छन् ।

    उनले क्याप्सनमा लेखेकी छन्, ‘हे शिल्पा दिदि पीडित युवतीहरुप्रति थोरै भएपनि सहानुभूति व्यक्त गर्नुस् । यो मेरो तपाईंलाई बिन्ती छ । आफ्नो गल्ती स्वीकार गर्दा कोही पनि सानो हुँदैन । उनले आफ्ना पोस्ट्हरुलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोस्ट् गर्ने गरिएकोप्रति पनि असन्तुष्टी व्यक्त गरेकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ