• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अाफ्नै निवासमा माअाेवादी नेताहरुको घेराबन्दीमा परे प्रचण्ड, थाहा पाउनुहोस् कारण अनौठो छ

    11.8K
    SHARES

    काठमाडौं, ९ फागुन ।

    बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी केन्द्रका नेताहरुको एकाएक भीड जम्मा भयो ।एकपछि अर्काे गर्दै पुगेका नेताहरुले प्रचण्डलाई उनकै निवसमा घेराबन्दीमा पारे ।

    प्रचण्ड घेराबन्दी पर्नुको कारण कतै पार्टी एकताको बिषय त् हैन ? यदि तपाई त्यस्तो सोचिरहनु भएको छ भने त्यसो होइन । प्रचण्ड आफ्नै निवासभित्र आफ्नै नेताहरुको घेराबन्दीमा पर्नुको एउटै कारण थियाे बुधबार विहानै पत्रपत्रिकामा अाएकाे समाचार ।

    मन्त्रिपरिषद विस्तार हुन लागेको समाचार पत्रपत्रिकामा पढेपछि माओवादी नेताहरु आफूलाई मन्त्री बनाउनुपर्ने माग दाबीसहित प्रचण्डनिवास पुगेका थिए । प्रचण्डनिवास पुगेर फर्केका एक नेताले अाफु व्यक्तिगतरुपमा अध्यक्षलाई भेट्न मात्रै त्यहाँ गएको बताए । ‘तर त्यहाँ त् अन्य साथीहरुको पनि भिड नै रैछ नि ।’ उनले भने,- ‘एकछिन त सचिवालयको बैठकैजस्तो पो भयो भनेर त्यहाँ ठट्टा पनि भयो ।’

    मन्त्री माग्दै निवासमा आइपुगेका नेताहरुलाई प्रचण्डले आफ्नो दलले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भइनसकेको जवाफ दिए ।

    करिब १०/१२ जनाको संख्यामा प्रचण्ड निवासमा पुगेका नेताहरु व्यक्तिगतरुपमा त्यहाँ उपस्थित भएका थिए । तर भेट्न जाने सबैकाे समय एउटै पर्याे । माअाेवादी केन्द्र उच्च स्राेतले संचार केन्द्रलाई दिएको जानकारी अनुसार आफ्ना नेताहरुलाई प्रचण्डले मन्त्री र मन्त्रालयको बारेमा ओलीसँग सल्लाह नै गरेका छैनन् ।

    ‘म अहिले नै प्रधानमन्त्री ओलीजीलाई भेट्न जाँदैछु, पहिले हामीले पाउने मन्त्रालयहरुको टुंगो लगाउछु, अनि तपाईहरुलाई बोलाउँछु ।’ प्रचण्डले नेताहरुला भने । मन्त्री माग्न आएका नेताहरुबाट पन्छिएर अध्यक्ष प्रचण्ड केपी ओलीसँग मन्त्रालयबारे छलफल गर्न भन्दै निवासबाट बाहिरएका छन् ।

    ‘तर उहाँ प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो या हामीहरुलाई छल्न मात्र बाहिर निस्किनुभएको हो ? त्यो भने थाहा भएन ।’ ति नेताले संचारकेन्द्रसँग भने । ओली नेतृत्वको सरकारमा आफु पनि मन्त्रीको आकांक्षी रहेको ति नेताले बताएका छन् ।

    कुन मन्त्रालयको चाहना राख्नुभएको छ ? भन्ने हाम्रो प्रश्नमा ति मन्त्रीले थपे,- ‘यो वा त्यो भन्दा पनि काम गर्न मिल्ने मन्त्रालयको जिम्मेवारी पाए भयो । हेरौं के हुन्छ ।’

    स्रोतका अनुसार माओवादी केन्द्रबाट जनार्दन शर्मा, रामबहादुर थापा,  वर्षमान पुन, शक्ति बस्नेत, लेखराज भट्ट, पम्फा भुसाल, देव गुरुङ, देवेन्द्र पौडेल, मातृका यादव र हिमाल किराती मन्त्रीका जबर्जस्त आकांक्षी छन् ।

    माओवादी केन्द्रबाट गृह मन्त्रालयमा ३ जनाले खिचातानी गरिरहेका स्रोतले बतायो ।

    जनार्दन शर्मा गृहमन्त्रीका प्रवल दाबेदार हुन् । मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष  ओलीसँग निकट सम्वन्ध बनाएका शर्मा र शक्ति बस्नेत दुवैजना प्रदेश ६ को नेता रहेकाले माओवादी अध्यक्ष प्रचण्ड दुई मध्ये कसलाई मन्त्री बनाउने भन्नेमा अप्ठेरोमा छन् ।

    रामबहादुर थापा उपप्रधानमन्त्री हुनेछन् । उनका लागि अर्को मन्त्रालय तय भएको छैन । तर, उनले भने गृह दाबी गरेका छन् । यसअघि अर्थमन्त्री बनिसकेका वर्षमान पुनले यसपटक गृहमा दाबी गरेका छन् ।

    प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यसअघि सञ्चारमन्त्री समेत बनिसकेका राम कार्कीले पनि मन्त्रीमा दावी गरेपछि प्रदेश १ बाट को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

    प्रदेश ७ बाट लेखराज भट्टले पनि मन्त्रीमा दावी गरेका छन् । यसैगरी प्रदेश ५ बाट वर्षमान पुन मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

    प्रदेश ३ बाट पम्फा भुसालले मन्त्रीको दावी गरेकी छन् । महिला पनि भएकाले पम्फालाई मन्त्री बनाउने सम्भावना रहेको माओवादी स्रोतले बतायो । मोहन वैद्य नेतृत्वको पार्टी छाडेर माओवादी केन्द्रमा आएकी पम्फा हाल माओवादीको प्रवक्ता छिन् ।

    प्रदेश ४ बाट देव गुरुङ र देवेन्द्र पौडेल दुवै मन्त्रीका दावेदार छन् । देवेन्द्र पौडेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेर माओवादीमा आएका थिए । त्यसको सन्तुलन मिलाउन पनि पौडेललाई मन्त्री बनाउनुपर्ने मत माओवादीका केही नेताहरुको छ । उता गुरुङ पनि बादल समूहबाट आएकाले स्वाभाविक दाबेदार हुन् ।

    रामबहादुर थापाले नेतृत्व गर्ने

    सरकारमा माओवादी केन्द्रको नेतृत्व रामबहादुर थापाले गर्ने भएका छन् । मन्त्रालय नटुंगिए पनि यसमा लगभग सहमति जुटेको छ ।

    प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएको थियो । एमालेले पनि प्रतिनिधिसभाको सभामुख आफूले लिन सहज हुने भन्दै बादललाई बनाउन ग्रिन सिग्नल दिएको थियो ।

    तर, बादलले भने सरकारमा जाने इच्छा देखाएपछि उनकै नेतृत्वका माओवादी सरकारमा जाने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।

    बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् ।  माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ

    तस्वीर: गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ